logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

दुई राप्रपा बिच पार्टी एकता कहिले र कसरी ?


  • न्युज डेस्क
  • शुक्रबार, माघ १८ २०७५

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ ।
दुई पार्टीका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा बिहीबार दिउसाे  पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पार्टीबीच एकततपछि नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)’ रहनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुनेछ ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवाद एकीकृत पार्टीको वैचारिक आधार हुनेछ,  पार्टीको मुख्य नीति र सिद्दान्त पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनेछ , राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पनि पार्टीको नीति र सिद्दान्त हुनेछ ।

यस्तै एकतासम्बन्धि आधारपत्रमा पार्टीको एकताको महाधिवेशन नहुुँदासम्म राणा र लोहनी दुबै पार्टीका अध्यक्ष हुनेछन् भने दुबै अध्यक्षको हैसियत पनि समान हुनेछ । पार्टीका महत्वपूर्ण निर्णय गर्दा सहमतिको आधारमा हुनेछन्।

दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार