राजनीति
आज शुक्रबार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले पोखरामा पुत्लादहन गरेको छ । नेविसंघले पोखरा महानगरपालिका नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको हो ।
सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको थियो ।
बिभिन्न नयाँ शैलि र तरिकाले आन्दोलन जारी राखेकाे नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ ।
सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।
यसअघि नेविसंघले एयर्पाेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेखेकाे थियाे।