आश तमु पोखरा- एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारीले देशभर प्रदर्शन गरिरहरको छ । संगठनको केन्द्रीय समिति बैठकको निर्णयअनुसार कर तिर्न दवाव दिन देशभर प्रदर्शन भइरहेको छ ।
यसैबीच अखिल क्रान्तिकारी कास्की र तनहु जिल्लाले पनि जिल्लामा प्रदर्शन गरेका छन।
विरोध कार्यक्रममा बिद्यार्थीका ब्युरो संयोजक मिलन राईले एनसेलले नाफा कमाउदा पनि सरकारले कर उठाउन नसकेको भन्दै आक्रोश पोखेका छन। एनसेलले केही नेता र पार्टीलाई चन्दा दिएर नेपालमा ब्रमालुट मचाएको भन्दै क्रान्तिकारीले देशबाट निकाला गर्ने बताए।
वाइडवडी काण्डका अपराधीलाई कार्वाही गर्न सक्दैन,निर्मलाका हत्यारालाई प्रकाउ गर्न सक्दैन,तर राष्टियताको लागी सिमानामा काडेतार लगाउने हाम्रो सङ्गठनको कोषाध्यक्षलाई प्रकाउ गर्छ लाज लाग्दैन सरकार तिमीलाई ? राइले अझै आक्रोश पोख्दै सरकारलाइ सडकमा आएर राजनैतिक प्रतिश्पर्दा गर्न भन्दै जस्ले जित्छ उसले राज्य सञ्चालन गर्ने चेतावनी पनि दिए।
केपी ओलीले बिदेश भ्रमणको क्रममा नेपालले बिकासको फड्को मारेको भन्दै बोल्दै हिड्दा साच्चै नेपाल १२२ औबाट १२४औ भष्ट्रचारको सुचिको बिकासमा पुगेको बताए। नेपालले बिकासको फड्को मारेको भन्दै बिधार्थीले शिक्षा किन्नु परेको उनले बताए।
केही पहिले नेपाल-भारत सीमामा तारबार लगाएको अखिल क्रान्तिकारीले एनसेलले ७२ अर्ब कर छलि गरेको भन्दै विरोधमा उत्रेका हो । काठमाडौंको रत्नपार्कबाट सुरु भएको विरोध प्रदर्शन जिल्लाजिल्लामा पुगेको छ ।
कास्कीका विभिन्न क्याम्पसहरुबाट आएका हजारौं विद्यार्थीहरु जनप्रीय बहुमुखी क्याम्पसमा प्रदर्शन सुरु गरेका थिय। कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका जिल्ला अध्यक्ष काजी गुरुङले एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरे कडा संघर्षमा उत्रिने चेतावनी दिए । यस्तै पिएन क्यामप्स जिल्ला अधय्क्ष प्रकाश वास्तोलाले एनसेलले तत्काल कर नतिरे टावर ध्वस्त पार्ने चेतावनी समेत दिए ।