राजनीति
नेपाल सरकारले बोलाएको कुटनीतिज्ञहरूसँगको ब्रिफिङ कार्यक्रममा अमेरिकी राजदुत र्यान्डी बेरी अनुपस्थित भएका छन् ।
शुक्रबार सरकारले दिउसो १२ वजे राजधानीको होटाल अन्नपूर्णमा नेपालस्थित विदेशी कुटनीतिज्ञहरुलाई ब्रिफिङका लागि बोलाएको थियो । उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीको उस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ब्रिफिङ गरेका थिए । कार्यक्रममा अमेरिकी राजदुत बेरी भने उपस्थित भएनन् । दुतावास सुत्रका अनुसार राजदुत आज दिनभरी काठमाडौंमै छन् । अमेरिकी दुतावासले उक्त कार्यक्रममा राजदुत नगएर सहायक राजदुत माईकल सि गोन्जालेसलाई पठाएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राजनीतिक घटनाक्रमका बारेमा जारी गरेको विज्ञप्तिमा अमेरिकन दुतावासले चासो लिएको थियो ।
त्यस लगत्तै नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले पनि दाहालले जस्तै आशयको विज्ञप्ति भेनेजुएलाको राजनीतिक घटनाक्रमका बारेमा जारी गरेको थियो । कुटनीतिक क्षेत्रमा सरकार र नेकपा अध्यक्षले जारी गरेको विज्ञपितप्रति आलोचना भएको थियो । दक्षिण एसिया र एसियाली राष्ट्रहरूमा आउने राजनीतिक संक्रमणमा चुप बस्ने नेपालले खासै कुटनीतिक सम्वन्ध नरहेको दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको विषयमा बोल्नु ‘कच्चा कुटनीति’ भन्दै केहीले सरकार र नेकपा अध्यक्ष दाहालको आलोचना समेत भएको थियो ।