logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हामी पुजीवादी र साम्यवादी धाराकाे बिकल्प हाैं : डा. भट्टराई


  • न्युज डेस्क
  • शनिबार, माघ १९ २०७५

जनसंम्वाद अभियानकाे थालनि गरेका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकका आसेपासे र टाठाबाठाले मात्रै विकासको प्रतिफल लिएकाले नेपालमा असन्तुलित विकास भएको बताएका छन् ।

एक महिने जनसंवाद यात्राअन्तर्गत धनकुटाको कागतेमा आयोजित जनसंवादमा सहभागी हुँदै उनले राणा र राजाका पालादेखि नै आफ्ना आसेपासेलाई मात्रै ध्यान दिने प्रवृत्ति रहेको बताए ।

‘सुगौली सन्धिका बेला पहाडी भूभागमा ७० प्रतिशत जनसंख्या बस्थ्यो तर समय बित्दै जाँदा हाम्रा शासकहरुले सबैको विकासभन्दा पनि आफ्ना आसेपासेले प्रतिफल पाउनेगरी नीति अबलम्बन गरे,’ उनले भने, ‘शासकले मधेसमा मौला स्थापित गरेर आसपासे पोस्ने र आसेपासेले शासकको चाकरी गर्ने प्रवृत्तिले विकासको प्रतिफल सबैले पाउन सकेनन् ।’

विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको संयोजक भट्टराईको भनाई थियो । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाई भन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनुपर्ने उनले बताए ।

‘अधिकार केन्द्रमा राख्ने होइन, संघलाई भन्दा प्रदेशलाई र प्रदेशलाई भन्दा स्थानीय तहलाई, स्थानीय तहलाई भन्दा वडालाई बढी अधिकार दिनुपर्छ,’ उनले भने, ‘त्यसो भएमात्रै विकास जनताको घरदैलोमा पुग्छ ।’

पहाडबाट बसाइसराइ गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान जानुपर्ने संयोजक भट्टराईको जोड थियो ।  ‘अबको युगमा पहाडमा नै कृषिको व्यवसायीकरण कसरी गर्ने, पर्यटन प्रवर्द्धन कसरी गर्ने र औद्योगीकरण कसरी गर्ने भन्ने योजना बनाउँदै कार्यान्वयन गर्ने बेला आएको छ,’ उनले स्पष्ट पारे ।

त्यस्तै जनसंवाद यात्राका क्रममा शुक्रबार धनकुटामा आयोजित पत्रकार भेलामा पुँजीवादी र साम्यवादी धारको विकल्पको रुपमा अघि सारिएको मानवतावाद र भातृत्ववादसहितको विचारलाई आफ्नो पार्टीले नयाँ मोडलको रुप दिने संयोजक भट्टराईले बताए ।

‘हामी पुँजीवादी र साम्यवादी दुवैभन्दा माथि उठेको विचार नेपालबाट अघि सार्दै छौं,’ उनले भने, ‘यो हाम्रो दुस्साहस हो, तर सफल हुने विश्वास छ , भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार