नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार छत्रदेब गाँउपालिकाको वडा न ६ र ७ मा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तीब्रताका साथ अगाडि बढाएको छ । शुक्रबार ठूलापोेखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालमा व्यापक मात्रामा भ्रष्ट्राचार अनियमितता र बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गए पनि सरकार मौन रहेको बताउँदै सरकार सञ्चालकहरुले नै दलाल, बलात्कारी र भ्रष्टाचारीको संरक्षण गरेको बताए । जनताका दुश्मनहरुलाई जनताको जनसरकारले कार्वाही गर्ने बताउँदै नेता पौडेलले तस्करहरुको फाइल खडा भैरहेको र नेपाली जनताले अनुसन्धान पछि कार्वाही गर्ने बताए । कार्यक्रममा नेकपाका गुल्मी इन्चार्ज पुर्ण बहादुर सिंह अर्घाखाँची जिल्ला इन्चार्ज कमल के.सी जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल, लगायतका नेताहरु वक्ताथिए । कार्यक्रममा लुम्विनी व्युरो सदस्य सामना, सुनिल चौधरी गुल्मी सेक्रेटरी खेम खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाले जभेटघाट, कोणसभा, पिढीसभा, भित्तेलेखनलाई निरन्तरता दिएको र अभियान निरन्तर रुपमा चल्ने अभियानकर्मी शंकर शाहीले बताए । कार्यक्रमको सञ्चालन बालकृष्ण भलामीले गरेका थिए ।