logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दर्जनौं नेता कार्यकर्ताले सत्तारुढ नेकपा छोड्दै ,विप्लव नेकपा रोज्दै


  • राजनीति
  • शनिबार, माघ १९ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा सञ्चालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियानमा विभिन्न पार्टीका नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपाका प्रवेश गर्ने क्रम तिव्र बनिरहेको छ ।

शुक्रबार चितवनमा मात्र सत्तारुढ नेकपाका जिल्लास्तरिय नेता सहित २१ जना कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका चितवन सेक्रेटरी धु्रवले स्वागत गरेका थिए । जिल्लाको राप्ती नगरपालिका १ मा गरिएको एक जनभेलामार्फत उनीहरु नेकपामा प्रवेश गरेकाहुन् । उक्त जनभेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी ध्रुर्वले सामाजिक दलाल पुँजीवादी सरकारले चुनावी नारा जनताका पक्षमा काम गर्ने दिएको तर काम भने दलाल पँुजीवादीहरुको पक्षमा गरिरहेको बताए । कथित कम्युनिस्ट नामको सरकारले वास्तविक कम्युनिस्ट पार्टीमाथि हस्तक्षेप गरेको भन्दै सेक्रेटरी धु्रर्वले इट्टाको जवाफ पत्तथरले दिने विचार ब्यक्त गरे । उनले आफ्नो पार्टीले अगाडि सारेको एकिकृत जनक्रान्तिको बाटोबाट स्थापना हुने वैज्ञानिक समाजवादमा मात्र जनताका सबैप्रकारका समस्याहरुको हल हुने दाबी गरे ।

कार्यक्रममा नेकपाका राप्ती नगरपालिकाका इन्चार्ज अमर गोपाली, कार्यालय सचिव प्रेम चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष अञ्जना तामाङ, पार्टी जिल्ला सदस्य हुकुम खड्का र सौरवले आ–आफ्नो भनाइ राखेका थिए । सोही ठाउँमा दोर्जे तामाङको नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्माण गरिएको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन दोर्जे तामाङले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार