logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवका ब्युरो स्तरका नेता निस्कासित


  • आश तमु
  • आइतबार, माघ २० २०७५

नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका  एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरिएको जनाएका छन् । आर्थिक अनियमिता गरेको र लामो समय पार्टी सम्पर्क भन्दा बाहिर रहेकोले आशिषलाई कार्वाहीस्वरुप पार्टीबाट निस्कासन गर्नु परेको मेची ब्युरो इन्चार्ज सुमनले विज्ञप्तिमा उल्लेख गरेकाछन् । साथै आशिष लिम्बूले अनियमितता गरेको रकम उनको जायजेथाबाट असुल गरिने कुरा पनि ब्युरो इन्चार्ज सुमनकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार