logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पोखरामा सवारी साधनमा आगो लगाई फरार नेबि सघंका ५ नेता पक्राउ(नाम सहित)

गिरफ्तार साथीको रिहाईको जोरदार माग


  • राजनीति
  • आइतबार, माघ २० २०७५

शनिबार बिहान पोखरामा सवारी साधनमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए ।

थप अनुसन्धानका क्रममा चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले लेकसाइड स्थित स्ट्रिट नं ९ मा होटेलमा लुकिछिपि बसेको अबस्थामा ५ जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय डिफान भुजेल, वडा नं ३२ का ३३ वर्षीय पर्शुराम बस्नेत, वडा नं ३० बस्ने ३० वर्षीय राजेन्द्र बराल, सोही वडा बस्ने ३५ वर्षीय लक्ष्मी प्रसाद पौडेल र वडा नं ३३ बस्ने २२ वर्षीय बिनय पौडेल रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु काँग्रेस सम्बद्ध संगठन नेवि संघमा आवद्ध रहेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ५८२३ को स्कुटर, ग १४ प १७२९ को स्कुटर र बा ५६ प ३४८६ को एभेन्जर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

गिरफ्तार साथीको रिहाईको जोरदारमाग सहित, प्रशाशनको हस्तक्षेप स्वैकार्य नहुने र थप क्षती बेहोर्न पर्ने चेतावनी बिकाश थापाको चेतावनी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार