राजनीति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन्।
शनिबार नेविसंघले काठमाडौं र पोखरामा सरकारी नम्बर प्लेटका गाडी जलाएको थियो। थापाले ट्वीट गर्दै सरकारी गाडी जलाउनु गलत मात्र नभएर निन्दनियसमेत भएको उल्लेख गरेका छन्।
‘किन्तु, परन्तु केही नलगाइ यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ थापाले लेखेका छन्।
सवारी साधनमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ
शनिबार बिहान पोखरामा सवारी साधनमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए ।
थप अनुसन्धानका क्रममा चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले लेकसाइड स्थित स्ट्रिट नं ९ मा होटेलमा लुकिछिपि बसेको अबस्थामा ५ जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय डिफान भुजेल, वडा नं ३२ का ३३ वर्षीय पर्शुराम बस्नेत, वडा नं ३० बस्ने ३० वर्षीय राजेन्द्र बराल, सोही वडा बस्ने ३५ वर्षीय लक्ष्मी प्रसाद पौडेल र वडा नं ३३ बस्ने २२ वर्षीय बिनय पौडेल रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु काँग्रेस सम्बद्ध संगठन नेवि संघमा आवद्ध रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ५८२३ को स्कुटर, ग १४ प १७२९ को स्कुटर र बा ५६ प ३४८६ को एभेन्जर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
गिरफ्तार साथीको रिहाईको जोरदारमाग सहित, प्रशाशनको हस्तक्षेप स्वैकार्य नहुने र थप क्षती बेहोर्न पर्ने चेतावनी बिकाश थापाको चेतावनी