logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपत्यकामा क्रान्तिकारीको प्रदर्सन, झुट्टा बहानामा फसाउन खोजे प्रतिरोध गर्ने चेतावनी


  • राजनीति ब्यूरो
  • आइतबार, माघ २० २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विकको  गिरफ्तारीको विरुद्ध क्रान्तिकारीले देशभर विरोध सभा गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) देशभर विरोध सभा सम्पन्न गरेको हो ।

मुलुक भरका क्याम्पसमा बिरोध सभा गरेको संगठनको उपत्यकाको काठमाडौँ र ललितपुरमा सम्पन्न भएको खबर प्राप्त भएको छ ।

काठमाडौको पशुपति क्याम्पस चाबहिलमा गरिएको विरोध सभामा अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र कोषाध्यक्ष खगेन्द्र राईले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजादले केपी ओली सरकार विद्यार्थीहरुको कलमसँग डराएर आफ्नो सङ्गठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई अपरण शैलीमा गिरफ्तार गरेको बताउदै बिनासर्त रिहाइको माग गरेकाछन ।

बिरोध  सभा  काठमाडौँको त्रिचन्द्र क्याम्पसमा । त्यसैगरी रत्न राज्य लक्ष्मी क्याम्पसमा,शंकरदेवमा पनि प्रदर्सन गरेको थियो जसमा उपाध्यक्ष प्रभात भट्टराई , सचिव तारा सन्ज्याल र सह सचिव रबिन केसिले सम्बोधन गरेका थिए ।

त्यस्तै अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको पाटन इकाई समितिले विरोध प्रदर्शन गरेको छ । विरोध सभा मा क्रान्तिकारीका केन्द्रिय सदस्य लोकेन्द्र विष्टले सम्बोधन गरेका गर्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहि सभालाई सम्बाेधन गर्दै ललितपुर जिल्लाका अध्यक्ष विनोद लुइँटेलले दलाल संसदीय राजनीति व्यवस्थाले देशका सम्पूर्ण युवाहरूलाई बेरोजगार बनाएको आफ्ना कार्यकर्तालाई अपराध तथा विभिन्न गुन्दागर्दीमा संलग्न गराएको, क्रान्तिकारी विद्यार्थी नेतालाई झुट्ठा मुद्दा लगाएर फसाएको कारण ठूलो मूल्य चुकाउनु पर्ने बताए । क्रार्यक्रमको सञ्चालन ललितपुर जिल्ला सचिव एवं पाटन संयुक्त क्याम्पसका अध्यक्ष ललिजन वमले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार