देशव्यापी रुपमा सन्चानल भइरहेको नेपाल कम्युनिस्ट पार्टीकाे सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कालीकोटमा पनि तीव्रताका साथ अगाडि बढाएको छ ।
अभियान का क्रममा केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर देशैभरी व्यापक चलिरहेको छ । अभियानको क्रममा कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी-प्रचण्ड नेतृत्वको नेकपा बाट नेता-कार्यकर्र्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपा केनछ हितमानले अविर लगाएर स्वागत गरेका थिए ।