logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवकाे जनपरिषदले किन गर्याे भु माफिया भन्दै जग्गा कब्जा ?


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद नेपाल जिल्ला समिति बर्दियाले भू माफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुलाई उठिबास गराउन खोजेको भन्दै जिल्लाको एक जग्गालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला जनपरिषदका प्रमुख टीकाराम थारुले माघ २० गते उक्त जग्गामा ब्यानर र झण्डा गाडेर मुनादेवी कायस्ताको नाममा बर्दियाको साविक बेलुवा ४, लखनाचोक स्थित ३ कठ्ठा १० धुर जग्गा नियन्त्रणमा लिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।

उक्त जग्गा भूमाफिया ध्रुव बस्याल र महेश्वर नाथ गिरीको चलखेलको कारण किसान कमानसिंह थारुले २०५६ सालदेखि जोतभोग गर्दै आएको उक्त जग्गा र अहिले कथित नेपालको कानुन देखाउदै बल प्रयोग गर्दै निज कमानसिंह थारुलाई उठिबास गराउने चलखेल भएको भन्दै कब्जामा लिएको जनपरिषदका प्रमुखले जनाएका छन् ।

उनले भूमिहीन सुकुम्बासीहारुलाई उठिबास गराउन खोजिरहेको भन्दै भूमाफिया विरुद्ध कडा जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार