राजनीति
पोखरा- जनयुद्ध पहलकर्ता तथा नेकपाका अध्यक्ष प्रचण्ड र बर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ बिचकाे सम्बन्ध र अन्तर्संघर्ष निकै उतारचढावपुर्ण रहयाे।उनिहरु बिच न निकटताकाे सिमा रहयाे न त कटुताकाे नै। आफुलाइ चाहिने भन्दा माथि राखेर एक अर्कोलाई हताेत्साहित र कायल पार्ने खालका थिए। प्रचण्डले बादललाइ ‘लिन पियाओ’काे आराेप लगाउथे,जुन सहपाठी हत्या गर्ने सम्मकाे प्रवृत्ति हाे। त्यसकाे काउन्टरमा बादलले प्रचण्डलाई ‘हाेक्जा’ काे रुपमा शष्लेषण गर्थे।
बादलले प्रचण्डलाई प्रतिकारात्मक नामकाे रुपमा ‘लखन’ राखिदिए । उनी प्रचण्डलाई् जङगबाहादुर भएकाे र त्यसका बिरुद्ध मा बिद्रोह गर्नुपर्ने भन्थे । जनयुद्ध तयारी मा यिनिहरुकाे भुमिका सशक्त नै रहयाे। प्रचण्डलाई मुख्य नेतृत्वमा ल्याउन बादलकाे विशेष भुमिकापनि थियाे तर अन्त्यसम्म त्याे कायम रहन सकेन। प्रचण्ड र बादलकाे ब्याक्तित्व बारे नेकपा का महासचिव लेख्नुहुन्छ “प्रचण्ड पद,चतुर्याइँ र गतिशीलता अनि बादल सरलता,दृढता,तर्क र प्रभावकारीतामा अगाडि थिए।” साथै “बादलमा युवा पिढीकाे विशेष आक्रर्षण थियाे, संयाेगले बादलले नेतृत्व गरेकाे राप्ती क्षेत्रमा पार्टी ले पारित गरेकाे बर्षसंघर्ष शसक्त रुपमा लागु भयाे यसले बादलकाे प्रतिष्ठामाथी उठायाे,याे कुरा प्रचण्ड काे अत्मापिडाकाे बिषय बन्याे,उनिमा निम्नपुजिवादी बिचलन देखापर्याे।मुखमा बादलकाे प्रसंसाक हुने तर भित्र पाेलिरहेकाे हुन्थ्यो। बुझिने गरि उनिहरु बिचकाे अन्तरबिराेध गाेरखा बैठक देखियाे।”
प्रचण्ड ले प्रस्तुत गरेकाे नेतृत्व केन्दिकरण काे कुरा बादलले नचाहिने भनेपछि बादललाई प्रतिद्वन्दीकाे रुपमा लिन थाले।
जनयुद्धको पहिलो याेजनापछि बादल कार्वाही परे र उक्त कार्वाहीलाई प्रचण्डले राजनीतिक प्रस्ताव मा नै “बादल माअ र पम्फा चियाङ चिङ हुन खाेजेकाे ,प्रचण्ड कालकाे मुखबाट बचेर आएकाे याे याैनकाण्ड नभएर राजनीति षड्यन्त्र भएको,केन्द्र कब्जा गर्ने उदेश्यबाट प्रेरित भएकाे”भन्दै “लिन पियाओबादी” भनी शष्लेषण गरे। त्यसपछि प्रचण्डले राप्ती मा बादलका समर्थक नेता कार्यकर्तालाई तितरबितर पारे।
बादलकाे कार्वाही ३ बर्षसम्म भयाे तर पाचौं बिस्तारित बैठकमा जब प्रचण्ड र बादलबिच संघर्ष सुरु भयाे बादलकाे कार्वाही फुकुवा गरियाे।