पोखरा – अतः १७० वर्ष पछि पनि यस कम्युनिस्ट घोषणापत्रको महत्व र सान्दर्भिकता अरु बढेर गएको छ ।सन् १८४२ मा जर्मन आप्रवासीहरूले न्यायिक लिगको गठन गरेका थिए । तात्कालिन न्यायिक लिग कम्युनिस्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्बरमा कम्युनिस्ट लिगको जेनेभामा दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले कार्ल माक्र्स र पे्रम्डरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्प्यो ।
एक वर्ष लगाएर माक्र्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्न भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट प्रकाशित गर्नु भयो । अर्थात पहिलो पटक कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ फेब्रुअरी १२ भएको थियो । संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज हो ।
कम्युनिस्ट घोषणापत्रमा चार अध्याय रहेका छन्पहिलोअध्यायमा पँजीपति र सर्वहारामा समाजविकासको नियमका आधारमा एक प्रकारको उत्पादनपद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादनपद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसंघर्षको इतिहास हो । यसैका आधारमा पँजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ ।
दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादनशक्ति मजदुरवर्ग हो र कम्युनिस्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा संघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तत्कालीन लक्ष्य पँजीपतिवर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने विचार रहेको छ ।
तेस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको विभिन्न किसिमका काल्पनिक तथा टूटपूँजिया विचारधाराहरूको खण्डन गरिएको छ ।चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिस्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । कम्युनिस्टहरू एक दलमा मात्र विश्वास गर्छन् भन्ने कम्युनिस्ट विरोधीहरूले लगाउने लान्छनाको खण्डन भएको छ । कम्युनिस्ट पार्टी आफ्नो स्थिति मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध कायम गर्न सक्छ । तर आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने वर्णन गरिएको छ । अन्त्यमा “सर्वहारा वर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जीत्नका लागि सारा संसार छ” भन्दै “दुनियाँका मजदूरहरू एक हौं” भन्ने आह्वान गरिएको छ । र, दुनियाँका मजदुरहरू एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ ।
विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले टिप्पणी गर्दै लेख्नु भएको छ, – “यो सानो पुस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, त्यसको आत्माले सभ्य संसारका समस्त संगठित र संघर्षशील सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनीहरूको प्रथप्रदर्शन गरिरहेको छ ।” लेनिनको उक्त भनाई बढि सान्दर्भिक छ ।
यो कुरा प्रस्ट छ कि कम्युनिस्ट घोषणापत्र माक्र्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको संशलेषणको दस्तावेज हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यहानेर स्पष्ट हुनु पर्ने कुरा के छ भने माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
लेनिनले माक्र्सवादबारे संशलेषण गर्दै भन्नु भएको छ, – “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संशलेषणबाट भएको छ ।”
यहाँनेर सुस्पष्ट हुनु पर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।