प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस काे भातृ संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरसहित प्रदर्शनको क्रममा पक्राउ परेका सबैलाई रिहा गरिएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएका उनीहरुलाई मंगलबार साँझ ७ बजेतिर रिहा गरिएको हो ।
पोखरामा गाडी जलाएको आरोपमा पक्राउ परेका कार्यकतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौंमा प्रदर्शन गरिरहेको बेला महरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा नेविसंघका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शंकर खड्का रहेका थिए ।