logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

काे हुन बिदेशमा बसेर चर्चित ३३ किलाे सुनमा लगानी गर्ने ब्याक्ति ?


  • पत्रपत्रिका
  • बुधबार, माघ २३ २०७५

चर्चित ३३ किलाे सुन काण्डमा लगानी गर्ने ब्यावसायी हरिशरण खड्का विदेशमा बसेर सुन तस्करीमा लगानी गरेकाे भन्दै दुबईमा पक्राउ गरेकाे छ । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।

२०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।

उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । यो समाचार आजको अन्नपूर्णले लेखेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार