logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

काङ्रेस सासदको प्रश्नमा गृहमन्त्री बादल जवाफविहीन बोल्न नै सकेन ! आखिर किन हेर्नुस….


  • राजनीति
  • बुधबार, माघ २३ २०७५

कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बदललाई प्रश्न गरे’इन्काउन्टरहरु भारतको विहारमा पनि नभएका हैनन्। पेस्तोल निकाली आक्रमण गर्न खोज्दा प्रहरीले गोली चलायो भनियो,’ भन्दै कँडेलले प्रश्न गरे, ‘कुन पेस्तोलले कति दुरीमा प्रहरीमाथि आक्रमण भयो? अपराधीबाट कुनै फायर भएको छैन। प्रहरीले घुँडामुनि पनि हान्न सक्थ्यो। सनम शाक्य हत्या, सुनकाण्ड भो। ठूलो अपराधमा कुनै इन्काउन्टर हुँदैन।’

कँडेलले प्रश्न राख्दैगर्दा सभामुखले रोके, ‘एक मिनेट सकियो माननीय सदस्य।’त्यसपछि गृहमन्त्री थापाले जवाफ दिनुपर्ने थियो। तर, उनी चुप बसे। सभामुखले, ‘यसको उत्तर दिनुस् माननीय मन्त्रीज्यू’ भने। गृहमन्त्री अझै चुप रहे।

सभामुखले पुरक प्रश्नको जवाफ दिन अनुमति दिन्छु भनेपछि एकछिन चुप बसेका गृहमन्त्री बल्ल बोल्न थाले- ‘यो विषयलाई स्पष्ट गरिसकेको लाग्छ। कति दुरी र कुन पेस्तोल प्रहार भन्ने प्रश्नमा स्पष्ट रुपमा जंगलमा इन्काउन्टर भएको भन्ने रिपोर्ट प्राप्त भएको छ। कति दुरीमा भन्ने जानकारी छैन। लक्ष्यको सीमाभित्र नै प्रहार गरिएको भन्ने लाग्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार