राजनीति
सरकार बाहिरको दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरु टेम्पो ड्राइभर भएको टिप्पणी गरेका छन् । पुर्वी नेपालको तेह्रथुम सदरमुकाम म्याङलुङमा नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध सोमबार गरेको विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ओली र दाहाललाई ट्याक्टर पनि चलाउन नजान्ने ड्राइभरको संज्ञा दिए ।
‘ओलीजीले आफू र पुष्पकमल दाहालजी जहाज चलाउने दुइटा पाइलट हौँ भन्नुभएको थियो । उहाँहरु टेम्पोको ड्राइभर हो । ट्याक्टर चलाउन नजान्नेले देश कसरी चलाउन सक्छ ?’, उनले भने, ‘ओली र दाहाल एउटै ट्याप्पुका दुइटा ड्राइभर हुन् । एउटा ट्याक्टर चलाउन नसक्ने जाहाज चलाउन सक्दैनन् ।
अहिले ओली नेतृत्वको कम्युनिस्ट सरकारले भ्रष्टाचारी, तस्कर र अपराधिहरुलाई संरक्षण गरेको आरोप लगाएका कांग्रेसका युवा नेता खतिवडाले भने, ‘ओलीको सरकारले भ्रष्ट र तस्करलाई संरक्षण गरेको छ । निर्मला पन्तका हत्याराहरुलाई संरक्षण गरेको समेत आरोप लगायका छन ।
‘माओवादीको सबैभन्दा ठूलो आलोचक ओलीजी हुनुहुन्थ्यो । माओवादीलाई बाँदर भन्नु हुन्थ्यो । अहिले ठ्याक्कै मिल्नुभएको छ’, उनले भने, ‘पानीजहाज र रेलको कुरा गर्ने ओजीजी सक्नु हुन्छ भने तपाई जन्मिए आठराई रहेको जिल्ला तेह्रथुममा बाटो पिच गरेर देखाउनुस् ।’
कम्युनिस्ट सरकारका मन्त्रीहरु सरकारी क्वाटरमा बसेर भाडा लिएर भ्रष्टाचार गरिरहेको उनले आरोप लगाए । ‘साइकल मन्त्री निर्वाचनका बेला पैसा छैन भन्नुभयो । निर्वाचन जितेको अर्को दिन श्रीमतीको नाममा ५५ लाख लाख भेटियो । विवाह गर्दा सिन्दुरपोते पनि अरुले किन्नुपर्ने । तर, पत्नीको नाममा दाइजो भने ल्याउने ?’, खतिवडाले भने, ‘कम्युनिस्ट नेता र जनप्रतिनिधिहरुले विकास निर्माणका योजना पारिदिएको बहानामा पाँच प्रतिशत कमिशन लिने गरेका छन् । यस्तो कार्यले गाउँ, जिल्ला र देशको विकास हुँदैन ।’
कांग्रेसका नेता खतिवडाले दक्षिण कोरियाका मुनको ‘गौत’ खान प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा भुलको समेत आरोप लगाए । ‘मुनको गौत खान हाम्रा प्रधानमन्त्री एक लाखका लागि होटलमा ३ दिनसम्म बास बसेका छन् । हाम्रो बेइज्जत गरेका छन्’, उनले भने ।