logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वादलको प्रस्ताव अनन्तले अस्वीकार, को को कसको पक्षमा ?


  • राजनीति
  • बिहिबार, माघ २४ २०७५

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकताको गृहकार्य गर्न गठित कार्यदलका सदस्यहरुले प्रतिवदेनमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । बादलले पेश गरेकाे उक्त प्रतिबेदन जनयुद्ध कालिन सहयात्री बर्षमान पुन अनन्तले नै बादलकाे प्रस्ताव अस्वीकार गरिदिएका छन्।

सचिवालय बैठकले ‘जे जस्तो अवस्थामा छ, प्रतिवेदन बुझाउनू’ भनेपछि संयोजक रामबहादुर थापा बादलले बिहीबार कार्यदलको बैठक बोलाएका थिए । बादलले प्रतिवेदन बुझाउने प्रस्ताव गरे तर, वर्षमान पुन, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका सदस्यहरुले प्रतिवेदनमा हस्ताक्षर गर्न मानेनन् ।

कार्यदललाई असफल भएको देखाउन खोजिएको भन्दै नेताहरुले स्थायी कमिटीमा फरक प्रतिवेदन लैजाने चेतावनी दिएका छन् ।

प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्नेनगर्ने विषयमा विवाद भएपछि कार्यदलल निष्क्रिय जस्तै थियो ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल प्रदेश कमिटी चलाउन तयार छैनन् । उनीहरुलाई शंकर पोखरेल र रघुवीर महासेठको साथ छ ।

तर, माधव नेपाल निकट मानिएका नेताहरुले प्रदेश कमिटी गठन सच्याउनुपर्ने अडान लिएका छन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउनु मापदण्ड विपरित भएकाले सच्याउनुपर्ने मत राख्दै आएका छन् ।

लामो समय मौन जस्तो देखिएका वर्षमान पुन र लेखराज भट्टले पनि बिहीबार भने कार्यदल असफल भएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने धारणा राखेका छन् ।

कार्यदलले प्रतिवेदन बुझाउने टुंगो नभएपछि सचिवालय बैठककाे कुनै टुंगो लाग्नसकेन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार