logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रकाण्डका छाेरा नरेन्द्र लाई १० दिनकाे म्याद थप


  • राजनीति
  • शुक्रबार, माघ २५ २०७५

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रबक्ता प्रकाण्ड पुत्र तथा विद्यार्थी नेता नरेन्द्र विश्वकर्मालाई मोरङ प्रहरीले थप अनुसन्धान गर्ने भन्दै १० दिन म्याद थप गरेकाे छ।

नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थप गराएको हो ।

मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
नेकपा निकट बिधार्थी संगठनले भने बिना कारण गिरफ्तार गरेकाे भन्दै रिहाइको माग गर्दै संघर्ष गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार