राजनीति
बिप्लव निकट साँस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पाँचथर जिल्लाको श्री दुर्गा मावि रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनाएको छ।
जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले बिहीबार प्रेसविज्ञप्ति प्रकाशित गरी उक्त विषयमा ध्यानाकर्षण गराएका छन् ।
उनले गिरफ्तार जनकलाकारहरूलाई यथाशीघ्र रिहा गर्न माग पनि गरेका छन् । महासङ्घले आफ्ना कार्यकर्ताहरु रिहा नगरिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने चेतावनी महासङ्घले विज्ञप्तिमार्फत दिएको छ।