logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डले दिए अर्को युद्धको चेतावनी पार्टी भित्र पेलिएको संकेत


  • आश तमु
  • शुक्रबार, माघ २५ २०७५

cWoIf bfxfn dGtJo JoQm k'iknfn k|lti7fgåf/f ;f]daf/ sLlt{k'/sf] rDkfb]jLdf cfof]lht $) cf}+ k'iknfn :d[lt lbj; sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

सत्तारूढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने तर्क गरेका छन ।
प्रचण्डले भने ‘हामीले शान्ति सम्झौतामा र संविधानसभा सभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि नेपालमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’

राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।
हिजो सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।
तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार