राजनीति
परासी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौंथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
शनिबार सम्मेलनले नयाँ केन्द्रीय समिति गठन गर्दै सकिएको छ ।
डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, महासचिवमा हिमलाल पराजुली, सचिवमा खोपीराम वली र कोषाध्यक्षमा भीमबहादुर भण्डारी छन् ।
सदस्यहरुमा कृष्ण घिमिरे, धर्म थापा, डा. तीर्थ श्रेष्ठ, हरिचन्द्र कमली, प्रेमसिंह भाट, कुम्भराज बडुवाल, भुवन मल्ल, वंशिधर आचार्य, सूर्यप्रसाद भट्टराई, गणेश राना, शेरचन्द्र गिरी, हेमराज पौडेल, सुशिल भट्टराई, सागर अधिकारी, डा. शिवशंकर बस्याल छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १४ बुँदे शैक्षिक घोषणा पत्रसमेत जारी गरेको छ ।
सम्मेलनले विश्वविद्यालयमा सुधारका लागि विभिन्न माग समेत राखेको छ । घोषणापत्रमै छात्रवृत्ति लगायत मुद्दा उल्लेख गर्दै आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।