राजनीति
पोखरा- पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रेसभित्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विषयमा अन्योल बढीरहेका बेला अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका हुन ।
श्रोतको भनाइ अनुसार नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेको छ ।अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका छन् । उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् ।
नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । माघ १० गते सुरु भएको बैठकको निरन्तरता स्वरुप आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।