माक्र्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवम् वर्गसङ्घर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रा’न्तिकारी राजनैतिक कार्यदिशा निर्धारित ग¥यो । त्यस कार्यदिशामुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रूपले पार्टीको सै’न्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य कार्यदिशाले आजको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकासप्रक्रिया र आजको आर्थिक, राजनैतिक, सा“स्कृतिक एवम् भौगोलिक विशिष्टताहरू समेतको लेखाजोखा गरी नेपाली जनयु’द्धको रणनीति एवम् कार्यनीतिहरूको खाका तयार पा¥यो ।(ने।क।पा।(मा’ओवादी)को २०५२ असारमा बसेको केन्द्रीय समितिको पूर्ण वैठकमा पारित ।)भूमिका,जनयु’द्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू,योजनाबारे,लक्ष्यहरू,नाराहरू,प्रथम उपचरण,द्वितीय उप–चरण,तृतीय उप–चरण,उपसंहार
“हामी मजदुरहरूलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन आफैलाई राजनैतिक सत्ता सञ्चालनयोग्य बनाउन समेत तपाईंहरू १५, २० र ५० वर्षका गृहयु’द्ध एवम् अन्तर्राष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ ।”कार्ल माक्र्स
“गृहयु’द्धविना आजसम्म इतिहासमा कुनै पनि महान् क्रा’न्ति सम्पन्न हुनसकेको छैन र त्यसविना पुजीवादबाट समाजवादमा संक्रमण कुनै पनि गम्भीर माक्र्सवादीले सोच्न सक्दैन ।”भि।आई। लेनिन
“हरेक कम्युनिस्टले यो सच्चाइलाई आत्मसाथ गर्नै पर्छ कि राजनैतिक सत्ता ब’न्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले ब’न्दुक चलाउ“छ र कुनै हालतमा ब’न्दुकले पार्टी चलाउ“न दिइने छैन ।”मा’ओत्सेतुङ्ग
भूमिका : नेपालमा सचेत ढङ्गले जनयु’द्धको उठान गर्ने उद्देश्यमा केन्द्रित रही विस्तारित वैठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरू निश्चित ग¥यो । त्यसअनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रूपमा परिभाषित ग¥यो । वैचारिक, राजनैतिक, सङ्गठनात्मक, प्राविधिक एवम् सङ्घर्षसम्बन्धी न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजनाअनुसार ती कामहरू मूल रूपमा पूरा गरिएका छन् । ती सबै कामको पार्टी र आम जनसमुदायमा निकै सकरात्मक र उत्साहबद्र्धक प्रभाव परेको छ । देशमा प्रति’क्रियावादी राज्यसत्ता र त्यसअन्तर्गतका राजनीतिक गुटहरूमा विकास भइरहेको आमस’ङ्कटको प्रक्रिया तथा हाम्रो तर्फबाट नया“ स्पिरिटअनुसार उनीहरूको भ’ण्डाफोर एवम् देशका विभिन्न भागमा अघि बढिरहेको विविध रूपका स’ङ्घर्षका कार्यक्रमहरूले आज पार्टीको छविलाई देशको एकमात्र वैकल्पिक क्रा’न्तिकारी राजनैतिक शक्तिका रूपमा स्थापित गर्दै आएको छ ।
त्यससन्दर्भमा प्रमुख कुरा के हो भने आज पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट स’ङ्घर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रूपले तयार भएको छ । यसरी वस्तुगत एवम् आत्मगत दुवै हिसाबले नेपालमा स’शस्त्र सङ्घर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ । त्यसकारण केन्द्रीय समितिको यो बैठकको का“धमा नेपाली समाज र पार्टीको इतिहासमा एक नया“ पृष्ठ खोल्ने जनयु’द्धमा पहलकदमीको योजना तयार षपार्ने दूरगामी महत्व जिम्मेवारी आएको छ ।
जनयु’द्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू: क) हाम्रो योजना क्रा’न्तिकारी हिं’सासम्बन्धी माक्र्सवाद–लेनिनवाद–मा’ओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउ“बाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयु’द्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः मा’ओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सै’न्य सिद्धान्तका रूपमा जनयु’द्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।]
(ख) जनयु’द्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्र’म हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै स’शस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका वि’चलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
(ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्व’स्त गरी नया“ जनवादी क्रा’न्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रा’न्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रा’न्ति जारी राख्ने सिद्धान्तका आधारमा सा“स्कृतिक क्रान्तिहरू चलाउ“दै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक ह’तियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना स’शस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अ’पराध हुने कुरामा हामी दृढ छौं । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रति’क्रियावादीलाई दवाब दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो स’शस्त्र सङ्घर्ष सबै प्रकारका निम्नप“ुजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।
(घ) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रा’न्ति, सर्वहारा विश्वक्रा’न्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रा’न्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रा’न्ति अघि बढाउन तथा नया“ अन्तराष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रा’न्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
(ङ) हाम्रो योजना नया“ जनवादी क्रा’न्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रा’न्तिकारी संयुक्त मोर्चा र क्रा’न्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार भित्री–पार्टी–सङ्घर्षलाई द्व’न्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतास“ग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
(च) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै स’शस्त्र सङ्घर्ष सञ्चालन गरिने छ । कृषि क्रा’न्तिलाई मेरुदण्ड मानी हाम्रो स’शस्त्र सङ्घर्ष श्रमजीवी जनससमुदाय मुख्यतः गरीव किसाहरूमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रति’क्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।
(छ) यु’द्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको “क्रा’न्ति आफैले आफ्नो विकासक्रममा सधै“ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महœवलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयु’द्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढङ्गले पक्रेर नै हामीले जनयु’द्धको नेतृत्व गर्न सक्नेछौं ।
योजनाबारे :यो योजना जनयु’द्ध थालनीको योजना हुनेछ । यसका तीन उपचरणहरू— प्रथम थालनीको तयारी, द्वितीय थालनी र तृतीय निरन्तरता हुनेछन् । लक्ष्यहरू
पहिलाे योजनाका निम्न प्रमुख लक्ष्यहरू हुनेछन् : (क) प्रति’क्रियावादी राज्यसत्ताका विरुद्ध नया“ जनवादी राज्यसत्ताका लागि सशस्त्र सङ्घर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु ।
(ख) नया“ जनवादी क्रा’न्तिका लागि सङ्घर्षको प्रधान रूप सेना र सङ्घर्षको प्रधान रूप यु’द्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरू तथा छापामार कारबाहीका माध्मबाट अभिव्यक्त गर्नु ।
(ग) देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरूलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्नु । नाराहरू यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरू निम्नबमोजिम हुनेछन् ः
(क) मुख्य नारा ःनया“ जनवादी राज्यसत्ता स्थापना गर्न जनयु’द्धको बाटोमा अघि बढौं !
(ख) सहायक नाराहरू ः राजतन्त्रात्मक संसदीय व्यवस्था मु’र्दावाद ! पञ्चकांग्रेस गठबन्धन सरकार मुर्दावाद जमिन कस्को ? जोत्नेको !वि’द्रोह जनताको अधिकार हो ! नया“ जनवादी क्रा’न्ति जिन्दावाद !जनयु’द्ध जिन्दावाद !सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद मु’र्दावाद !संशोधनवाद, नवसंशोधनवाद मु’र्दावाद !माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिन्दावाद !
(ग) उपरोक्त प्रमुख र सहायक नाराहरूका साथै सबै क्षेत्रहरूले आ–आफ्नो विशेषताअनुसार निम्न कुरालाई समेट्ने गरी विशिष्ट नाराहरूको विकास गर्नुपर्ने छ ः
जमिन जोत्नेको नाराअन्तर्गत सामन्त जमिन्दारको जग्गा कब्जा गरी भूमिहीन गरिब किसानहरूमा वितरण गर्ने, पर्ति जग्गा कब्जा गरी किसानहरूमा वितरण गर्ने, सामन्तहरूको बाली कब्जा गर्ने, कृषि बैंकलगायत बैंकहरूको ऋण नतिर्ने, रोजगारीका निम्ति स’ङ्घर्ष उठाउने, सहकारी खेतीका लागि किसानहरूलाई प्रेरित र सङ्गठित गर्ने, ग्रामीण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकीकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सिर्जनात्मक परिचालनमा जोड दिने आदि ।
महिलाहरूमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनैतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्ध’विश्वासका वि’रुद्ध समान अधिकारका निमित्त सङ्घर्षका नाराहरूलाई सशक्त ढङ्गले उठाउने ।
जातीय भे’दभावका विरुद्ध जातीय स्वायत्तताको नारालाई व्यापक रूपमा उठाउने र पार्टीको प्रभाव भएका सङ्घर्षका इलाकाहरूमा स्वायत्तताको नीतिलाई लागू गरेर जाने, दलित जातिमाथिको शोषण–उत्पीडनका वि’रुद्ध नारा उठाउने र सङ्घर्ष सङ्गठित गर्ने ।
क्षेत्रीय भे’दभावका विरुद्ध सङ्घर्षको नारा दिने । त्यसैगरी धार्मिक थिचोमिचोका विरुद्ध धर्मनिरपेक्ष राज्यको नारालाई उठाउने । स्थितिअनुसार विभिन्न जनवर्गका मागहरूलाई मूर्त नाराका रूपमा सूत्रबद्ध गर्ने ।
प्रथम उपचरण:जनयु’द्धको प्रथम ऐतिहासिक पहलका निमित्त तयारी
वैचारिक तयारी :निर्धारित अवधिमा निम्न कामहरू पूरा गरिनेछन् ः(क) जनयु’द्धको थालनीको निमित्त पार्टीमा वैचारिक आधार तयार पार्ने उद्देश्यमा केन्द्रित भई ‘माओवादी’ ‘मशाल’ र एक अङ्ग्रेजी मुखपत्र प्रकाशित गर्ने ।(ख) यस योजनाका मूल पक्ष एवम् जनयु’द्धको थालनीका निमित्त आवश्यक स्पष्टतासहितको समान बुझाई र स्पिरिट पैदा गर्न सबै क्षेत्रहरूमा प्रमुख एवम् सक्रिय कार्यकर्ताहरू छानेर केन्द्रीय कार्यालयका तर्फबाट प्रशिक्षण सञ्चालन गर्ने । त्यसपछि क्षेत्रले जिल्ला र जिल्लाले सेलसम्म नै एक चक्कर सो प्रशिक्षण लैजाने ।(ग) स्थितिअनुसार सबै क्षेत्रहरूले ठोस कार्यक्रम बनाई विभिन्न स्तरमा कोठेसभा, कोणसभा, आमसभा, जुलुश, पर्चा, वालिङ्ग, सा“स्कृतिक कार्यक्रमलगायतका माध्यमबाट आमूल परिवर्तनकारी आन्दोलनको सृष्टि गर्न अर्थात् जनयु’द्धविना मुक्ति सम्भव छैन भन्ने भावसहितको जनमत तयार पार्न जोड गर्ने ।(घ) वैधानिक पत्रपत्रिकामार्फत् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई अझ तीब्र पार्ने ।(ङ) अन्तर्राष्ट्रिय स्तरमा पार्टीको पक्षमा जनमत तयार पार्न जोड लगाउने ।च) संशोधनवादको भण्डाफोर गर्न अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवका आधारमा रचनाहरू संकलित गरी एक पुस्तक प्रकाशन गर्ने ।
सङ्गठनात्मक तयारी: पार्टी : जनयु’द्धलगायत सम्पूर्ण काम कारबाहीको नेतृत्वदायी शक्ति, मेरुदण्ड र न्युक्लियस पार्टी नै भएकोले यसलाई सुदृढ गर्ने, सुदृढीकरण गर्ने, यसको रक्षा र विकास गर्ने तथा चौतर्फी रूपमा यसको नेतृत्व स्थापित गर्ने कुराको महœवलाई गम्भीरतापूर्वक लिन जरुरी छ । त्यसका लागि तत्काल निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ः
(क) हरेक स्तरका पार्टी कमिटीहरूमा खुल्ला, संसदीय, लापर्वाहीपूर्ण निम्नपु“जीवादी चिन्तन र कार्यशैलीका वि’रुद्ध अन्तरपार्टी सङ्घर्षलाई तीव्र पार्नु पर्दछ ।(ख) पार्टीका सम्पूर्ण काम कारबाहीहरूलाई पूर्णतः भूमिगत ढा“चामा रूपान्तरण गर्ने ।(ग) सङ्घर्षको नया“ प्रक्रियामा केन्द्रीयता र अनुशासनको महœव निकै बढ्ने कुरालाई दह्रोस“ग पकड्ने ।(घ) भद्दा, ठूला र सुरक्षाका दृष्टिले बैठक बस्नै अप्ठेरो पर्ने कमिटीहरूलाई सम्भव भएसम्म पुनर्गठन गरी चुस्त पार्ने ।(ङ) हालका लागि सेल कमिटीबाहेक अन्य स्तरका पार्टी कमिटीहरूमा सेक्रेटारियट व्यवस्था कायम गर्ने र अत्यन्त जरुरी महœवका विषयमा बाहेक कमिटीको पूर्ण बैठक छिटो–छिटो नबसी सेक्रेटरियटले नै कार्य सञ्चालन गर्ने ।(च) पार्टीको नया“ निर्णयअनुसार रूपान्तरित हुन हिच्किचाउने सदस्यहरूलाई बाहिरै बसेर सहयोग गर्न अनुरोध गर्ने तथा अनुशासनहीन सदस्यलाई कारबाही गर्ने जस्ता विविधद्वारा पार्टी सङ्गठनलाई सुदृढ गर्ने ।(छ) हरेक पार्टी सदस्यले ‘अन्तरसङ्घर्ष’ ‘भूमिगत प्रणाली’ ‘सतर्कता’ ‘गोपनीयता’ ‘अनुशासन’ र ‘गतिशीलता’ लाई सूत्रशब्दका रूपमा लिने ।(ज) सङ्घर्षको नया“ प्रक्रियाको विकासस“गै भौतिक रूपले नै भूमिगत जान सबै सदस्यहरूले अफूलाई मानसिक रूपले तयार पार्ने ।
नेतृत्व सम्बन्धमा
नेतृत्व भन्नाले सामान्यतः सम्पूर्ण पार्टी, विशेषतः हरेक स्तरको नेतृत्वदायी पङ्क्ति र मुख्यतः केन्द्रीय नेतृत्व भन्ने बुझ्नुपर्दछ । नेतृत्व भनेको वास्तवमा नै सम्पूर्ण आन्दोलनको कुन्जी ९पभथ० हो । सर्वहारावर्गको पार्टीमा नेतृत्व पङ्क्तिको विकास कैयौं वर्षको विचारधारात्मक एवम् वर्ग’सङ्घर्षको परिणामबाट हुन्छ । सङ्घर्षको नया“ प्रक्रियामा नेतृत्वको महœव र जिम्मेवारी आजको स्थितिभन्दा कैयौं गुणा बढ्दछ । त्यसकारण दुस्मनले सबैभन्दा पहिले नेतृत्वपङ्क्तिलाई नै ध्वस्त पार्ने र जनयु’द्धलाई विरुवामा नै निमोठ्ने प्रयास गर्दछ । वास्तवमा जनयु’द्धको जीत र हार, हामीले नेतृत्व पङ्क्तिलाई बचाउन सक्छौं वा सक्तैनौं र नया“ नेतृत्व पङ्क्तिको विकास प्रक्रियालाई सही किसिमले अगाडि बढाउन सक्छौं वा सक्तैनौं भन्ने कुरामा निर्भर हुन्छ । सशस्त्र सङ्घर्षको प्रारम्भिक चरणमा नै नेतृत्वलाई सिध्याउन सफल भएकै कारण विश्वका कैयौं देशहरूमा जनयुद्धले असफलता भोग्नुपरेका उदाहरणहरू प्रशस्त छन् । अतः हामीले नेतृत्वको सुरक्षा र विकासका लागि तत्काल निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ः
(क) पार्टीलाई आम जनतामा स्थापित गर्ने कामलाई सबैतिरबाट अधिकतम् महœवका साथ लिनु पर्दछ । पार्टी जति व्यापक रूपमा जनतामा स्थापित हुन्छ, त्यति नै नेतृत्वको सुरक्षा र विकास हुन सक्दछ । आखिर जनताले मात्र आफ्नो नेतृत्वलाई बचाउन सक्दछ ।
(ख) नेतृत्वसम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षालाई पार्टीभित्र व्यापकरूपमा अध्ययन गर्ने र प्रशिक्षण सञ्चालन गर्ने प्रक्रिया चलाउनुपर्दछ ।
(ग) सचेत प्रयत्न र अन्तरसङ्घर्षको माध्यमबाट नेतृत्व पङ्क्तिलाई नया“ आवश्यकताअनुसार रूपान्तरित हुन वातावरण तयार पार्नुपर्दछ ।
(घ) पार्टीभित्र र बाहिर केन्द्रीय नेतृत्वका साथै सबै स्तरको नेतृत्व स्थापित गर्ने पद्धतिलाई अझ व्यवस्थित रूपमा लागु गरेर जानुपर्दछ ।
(ङ) हरेक स्तरको कमिटीले मूल नेतृत्व र अन्य सदस्यको कामको क्षेत्र, जिम्मेवारी आदि माथि विचार गरी प्रत्येकका लागि सुरक्षाका ठोस उपायहरू निर्धारण गर्नुपर्दछ । निश्चित अवधिका लागि निश्चित नियम बनिसकेपछि तिनको दृढ परिचालन अनिवार्य हुनेछ ।
इ। संयुक्त मोर्चाका सम्बन्धमा
हाम्रो आफ्नै विशिष्ट स्थितिमा विकास भएको संयुक्त मोर्चाको प्रश्न नितान्त संवेदनशील रह“दै आएको छ । विद्यमान मोर्चालाई पार्टीको नेतृत्वमा चल्ने सङ्घर्षको साधन र भावी सत्ताको भ्रुणका रूपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रूपले अत्यन्त सही र दूरगामी महœवको छ । तर, यसको व्यहारिक रूपान्तरणको प्रश्न अझै पनि गम्भीर नै छ । सो रूपान्तरणका लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ ः
(क) जनयुद्धको थालनीको प्रक्रियास“गै सर्वप्रथम मोर्चाको नेतृत्वमा रहेका पार्टीका जिम्मेवारी कम’रेडहरू भूमिगत जानुपर्दछ । तत्पश्चात पूरै केन्द्रीय समिति, जिल्ला र स्थानीय समितिसम्म क्रमशः सबैलाई भूमिगत लैजाने नीति लिनुपर्दछ ।(ख) यु’द्धको विकासस“गै जब छापामार इलाका र आधार इलाकाहरू बन्न थाल्दछन् तब नया“ सत्ताका रूपमा मोर्चा कमिटीहरूले पुनः खुला रूपले काम गर्न थाल्नेछन् ।(ग) थालनीको प्रक्रियास“गै पार्टीका अपिल र अन्य क्रियाकलापलाई मोर्चाले समर्थन गरेर जानेछ । पार्टीलाई आम जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम् जोड लगाइने छ ।(घ) जनाधार राम्रो भएका तथा सङ्घर्षको राम्रो विकास भएका जिल्लाहरूमा मोर्चाले प्रारम्भदेखि नै भूमिगत ढङ्गले सत्ताको भ्रुणको रूपमा काम गर्न थाल्ने छ ।
ई। सेना निर्माण सम्बन्धमा :को प्रक्रियालाई यथासक्य सरल बनाउन जरुरी छ । यसका साथै प्रत्येक पार्टी कमिटी र सदस्यहरू कोही पनि नछुट्ने गरी कुनै न कुनै रूपमा जनयु’द्धको प्रक्रियामा सामेल रहने कुराको सुनिश्चितता पनि त्यत्तिकै जरुरी छ । त्यसका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ः
(क) हालका लागि सङ्गठनात्मक जटिलताबाट बच्न र पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न सैनिक आयोगको काम केन्द्रमा पोलिटब्यूरो र त्यो भन्दा तल जिल्लासम्म जहा“ ती बनेका छन् वा बनाउन आवश्यक छ, त्यहा“ सेक्रेटरियटले नै सो काम गर्नेछन् । जिल्लाभन्दा तल सेलसम्म सैनिक आयोगको काम सेक्रेटरीहरूले नै गर्नेछन् । अतः सेक्रेटारियटका निर्माण गर्दा सबै पार्टी कमिटीहरूले यो पक्षलाई ध्यान दिनुपर्दछ ।
(ख) हालका लागि विभिन्न प्रकारका दलहरू जिल्लाअन्तर्गत नै बनाइने छन् । सङ्घर्षको प्रारम्भिक अवस्था र कामको सरलतालाई विचार गरी जिल्लापार्टीको निर्णयअनुसार सकेसम्म एकै इलाकाका सदस्यहरूबाट एउटा जिल्लामा एक वा सोभन्दा बढी लडाकु दलहरू बनाइने छन् । ती सबै दलहरू यथासम्भव ल्लिा समिति सदस्य(डीसीएम)हरूको नेतृत्वमा बनाउन उपयुक्त हुनेछ । कारबाहीको प्रथम चरणमा दलका सबै सदस्यहरूको स्थायित्वको ग्यारेन्टी हुन नसक्ने भएकोले यस सम्बन्धमा पार्टीले लचिलो ढङ्गले सोच्नुपर्दछ र साहसपूर्वक नया“ सदस्य भर्ती गर्ने नीति लिनुपर्दछ । लडाकु दलका सदस्यहरू पार्टी सदस्य हुनु अनिवार्य छैन । कमिटीले उपयुक्त देखेका मोर्चाका सदस्य वा सर्मथक जनताबाट समेत त्यस प्रकारका व्यक्तिहरू लिन सकिन्छ । सङ्घर्षको प्रक्रिया सुरु भइसकेपछि पार्टीले यी दलहरूमा समर्थक शुभचिन्तक जनताबाट लडाकुहरू भर्ती गर्न पटक्कै हिच्किचाउनु हु“दैन । सङ्घर्षलाई निरन्तरता दिन र त्यसलाई जनतास“ग गा“सेर लैजान पार्टीका तर्फबाट यस ढङ्गले सोच्ने कुराको निकै ठूलो महœव छ । सङ्घर्षको विकासस“गै यी दलहरू सा“चो अर्थमा नियमित दलमा रूपान्तरित ह“ुदै जानेछन् । हालका लागि लडाकु दलहरूमा ३ देखि ७ जनासम्म मात्र सदस्य रहनु उपयुक्त हुनेछ । एउटै जिल्लामा दशौं दलहरू बन्न सक्दछन् । तर अहिले नै प्लाटुन र कम्पनी जस्तो गरी ठूला दलहरू बनाउनु सैद्धान्तिक र व्यवहारिक दुवै अर्थमा उपयुक्त हुनेछैन । निश्चित कार’बाहीका निमित्त बढी संख्याको आवश्यकता परेमा उपल्लो कमिटीले विभिन्न दलहरूलाई जोडन सक्दछ ।
(ग) जिल्ला कमिटीले लडाकु दल बनाउने र सञ्चालन गर्ने प्रक्रिया जस्तै जिल्लाकै रेखदेखमा प्रत्येक एरिया कमिटीहरूले सकेसम्म प्रत्येक एरिया सदस्यको नेतृत्वमा पार्टी सदस्य, मोर्चा सदस्य वा समर्थकबाट समेत मानिस लिई गाउ“ सुरक्षा दल बनाउने छन् । त्यसरी एउटै एरियामा सम्भव भएसम्म प्रत्येक गाउ“मा सुरक्षा दलहरू बनाउन कोशिस गर्नुपर्दछ । लडाकु दल र सुरक्षा दलको भिन्नता, का’रबाही, हतियार र तालिमको प्रकृति, मात्रा र गुणद्वारा छुट्टिने कुरा हो । यसबारे गत विस्तारित बैठकको दस्तावेजमा स्पष्ट नीति निर्धारण गरिसकिएको छ ।
(घ) त्यसरी नै प्रत्येक सेल कमिटीहरूले कामको आवश्यकताअनुसार सकेसम्म हर सदस्यको नेतृत्वमा स्वयम्सेवक दल बनाई सञ्चालन गर्नुपर्दछ । एउटा निश्चित काम सकिएपछि त्यसप्रकारका दलहरू भङ्ग हुनेछन् । दलहरू पार्टी सदस्यको नेतृत्वमा मोर्चा सदस्य वा समर्थकहरू लिएर बनाइनेछन् ।
उपरोक्त विधिद्वारा गएर नै हामीले सम्पूर्ण पार्टीयन्त्रलाई कुनै न कुनै रूपमा जनयु’द्धको काममा संलग्न गराई लडाकु पार्टीको विकास प्रक्रियालाई सुनिश्चित गर्न सक्ने छौं । यहा“ ध्यान दिनुपर्ने कुरा के हुन्छ भने पार्टी सदस्यको क्षमता, रुची, उमेर अवस्था र आवश्यकताअनुसार सोचाइ लजिष्टिक सामग्री निर्माण प्रकाशनलगायतका तमाम कामहरू गर्दा पनि टिमवद्ध रूपमा लगाउने कुरालाई हरेकस्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ ।
ऊ। ज।व।स। सम्बन्धमा : सङ्घर्षको नया“ प्रक्रियाको विकासस“गै ज।व।स।हरूको विद्यमान संरचना र कार्यशैलीमा ठूलो परिवर्तन आउने कुराको चेतना तयारी कै शिलशिलामा पार्टीमा दिईसक्नुपर्दछ । हालका लागि ज।व।स।हरूबारे निम्न नीति लिनुपर्दछ ः
(क) जनयु’द्धको थालनीस“गै मजदुर, किसान, विद्यार्थी, महिला, संस्कृति जस्ता प्रमुख ज।व।स।हरूका केन्द्रीय नेतृत्वमा प्रमुख सदस्यहरूलाई अर्धभूमिगत जान निर्देशन दिने ।(ख) सङ्घर्षको विकासस“गै प्रमुख ज।व।स।हरू पूर्णतः भूमिगत जानुपर्ने स्थितिका लागि मानसिक रूपले तयार गर्ने ।(ग) सबै प्रमुख ज।व।स।हरूका काम कारबाहीलाई स्थानीय रूपमा नै विशेष क्रियाशील पार्न जोड लगाउने । त्यसका लागि प्रमुख ज।व।स।हरूका केन्द्रीय सदस्यहरूलाई पार्टीको नेतृत्वमा स्थानीय क्षेत्रमा नै खटाउने व्यवस्था मिलाउने ।(घ) सामान्य प्रकारका ज।व।स।हरूलाई पार्टीस“ग प्रत्यक्ष सम्बन्ध नदेखाई अप्रत्यक्ष सहयोग गर्ने र खुल्ला रहने नीति अवलम्बन गराउने ।(ङ) भारत एवम् अन्य देशमा रहेका ज।व।स।हरूलाई भने सम्भव भएसम्म खुला रूपले नै काम गराउने ।
सङ्घर्षसम्बन्धी काम : जनयु’द्ध थालनीभन्दा पहिले सङ्घर्षसम्बन्धी कामहरू प्रचारात्मक, जनपरिचालन र ग्रामीण वर्गसङ्घर्षसम्बन्धी कामहरू नै हुन् । पार्टीले पहिलेदेखि गर्दै आएका यी कामहरू सबै क्षेत्र एवम् जिल्लाहरूले आ–आफ्नो स्थिति अनुसार थालनी नहु“दासम्म जारी राख्नेछन् । यहा“ सङ्घर्षसम्बन्धी काम भन्नाले मुख्यतः जनयु’द्ध कुन–कुन रूपमा कसरी थाल्ने भन्ने हो । यसबारे निम्न कुराहरू ध्यान दिनुपर्दछ ः
(क) सङ्घर्षका रूपहरू : ९ष्० सङ्घर्षका अवैधानिक रूपहरू
प्रचारात्मक कारबाही— लेनिनले भने झैं ‘प्रचार कहिल्यै खेर जा“दैन, बीउ छरेपछि त्यसको फल लिन्छ’ भन्ने मान्यताका आधारमा प्रचारात्मक कारबाही गरिनुपर्दछ । पार्टीका नीति र कार्यक्रमबारे मुख्यतः जनयु’द्धको नीति, औचित्य र महœवबारे स’शस्त्र वा निशस्त्र ढङ्गले योजनाबद्ध रूपमा गरिने प्रचार नै यसअन्तर्गत पर्दछ । जनयु’द्धको पक्षमा पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन प्रदर्शन, छापामार जुलुस, मशाल जुलुस, घर–घरमा गएर गरिने प्रचारलगायतका अनगिन्ती रूपमा यसलाई गर्न सकिन्छ । यसप्रकारका प्रचारका प्रभावकारी रूपहरूको खोजी र प्रयोगमा सबै स्तरका पार्टी कमिटीहरूले सिर्जनात्मकतामा पूरा ध्यान दिनुपर्दछ ।
सबोटेज— योजनाबद्ध ढङ्गले सामन्त, जमिन्दार, दलाल एवम् नोकरशाही पु“जीपति एवम् सरकारी स्वामित्वमा रहेको आर्थिक संयन्त्रमा तोडफोडद्वारा क्षति पु¥याउनु, स्थानीय जालीफटाह र जासुसहरूको घर र सम्पत्ति क्षतिग्रस्त पार्नु, सरकारी सञ्चार÷यातायात अबरुद्ध पार्नु, बाटोघाटो, पुल, विद्युत लाइनको तोडफोड सबै यही सेबोटेजअन्तर्गत पर्दछन् । कारबाहीको यो रूप दु’स्मनको लड्ने क्षमता घटाउने छा’पामारहरूको एउटा प्रभावकारी हतियार हो ।
गुरिल्ला यु’द्ध— दुस्मनका विरुद्ध सशस्त्र ढङ्गले रेड, एम्बुस र एसल्ट गर्नुजस्ता उच्च प्रकारका कारबाहीहरू यसअन्तर्गत पर्दछन् । वास्तवमा यो नै छा’पामार सङ्घर्षको प्रधान रूप हो र हुनुपर्दछ ।
वर्गदुस्मन खतम पार्ने कारबाही— जनतामा बदनाम ह’त्यारा प्रमुख दुस्मन र जासुसहरूमध्ये सबैभन्दा बदमासहरूलाई छानेर भौतिक रूपमा नै खतम पार्ने कारबाहीहरू यसअन्तर्गत पर्दछन् । सत्ता कब्जाको प्रक्रियामा यस प्रकारका कारबाहीहरू आवश्यकीय रूपमा नै बढ्ने छन् । तर, अहिलेको प्रारम्भिक स्थितिमा विशिष्ट केसहरूमा मात्र यी कारबाहीहरू हुन सक्नेछन् ।
उपरोक्त प्रकारका सङ्घर्षका रूपहरूको कार्यान्वयन गर्दा निम्न क्रमलाई ध्यान दिनुपर्दछ
ड्ड मुख्य इलाकाहरूमा सङ्घर्षका रूपहरूको प्राथमिकता क्रम— (क) गुरिल्ला यु’द्ध (ख) सेबोटेज (ग) वर्गदुस्मन खतम (घ) प्रचारात्मक कारबाही हुनेछन् ।
ड्ड सहायक इलाकाहरूमा त्यो क्रम (क) सेबोटेज (ख) गुरिल्ला युद्ध (ग) प्रचारात्मक (घ) वर्गदुस्मन खतम हुनेछन् ।ड्ड प्रचारात्मक इलाकामा त्यो क्रम (क) प्रचारात्मक (ख) सेबोटेज (ग) गुरिल्ला यु’द्ध (घ) वर्गदुस्मन ख’तम हुनेछन् ।त्यसैगरी दलहरूका हिसाबले सङ्घर्षका रूपहरूको प्राथमिकताक्रम निम्न बमोजिम हुनेछन्
ड्ड लडाकु दलहरूका लागि (क) गुरिल्ला यु’द्ध (ख) सेबोटेज (ग) प्रचारात्मक (घ) वर्गदुस्मन खतम ।
ड्ड सुरक्षा दलहरूका लागि (क) सेबोटेज (ख) प्रचारात्मक (ग) गुरिल्ला यु’द्ध (घ) वर्गदुस्मन खतम ।
ड्ड स्वयंसेवक दलहरूका लागि (क) प्रचारात्मक (ख) सामान्य सेबोटेज (ग) सरल प्रकारका गुरिल्ला का’रबाही
इलाकाहरूको हिसाबले जनयुद्धको थालनीका निमित्त सङ्घर्षका रूपहरूको प्रयोगको सीमा निम्न बमोजिम हुनेछन्
मुख्य इलाकाहरूमा
(क) गुरिल्ला यु’द्ध — अधिकतम पीओपीमा ह’मला गर्ने र आम्र्स कब्जा गर्ने, न्यूनतम सामन्त जालीफटाहको घर रेड गर्ने वा पुलिस अथवा अन्य दुस्मनलाई एम्बुसद्वारा हमला गर्ने ।(ख) सेबोटेज — अधिकतम प्रशासनिक प्रतिष्ठानमा विष्फोट गराउने वा आगो लगाउने, न्यूनतम स्थानीय सामन्त, जालीफटाह र जासुसलाई आर्थिक क्षति पु¥याउने ।(ग) वर्गदुस्मन खतम — अधिकतम—बदनाम नोकरशाह वा पी अफिसरलाई खतम पार्ने, न्यूनतम स्थानीय दुस्मन वा गुण्डाहरूमाथि आ’क्रमण ।(घ) प्रचारात्मक — अधिकतम—आधुनिक हतियारसहित जनतामा टिमबद्ध प्रचार गर्ने, न्यूनतम—निशस्त्र र टिमबद्ध प्रचार गर्ने, वालिङ्ग, पर्चा, पोष्टर आदि ।
सहायक इलाकाहरूमा
(क) सेबोटेज — मुख्य इलाकाको जस्तै गर्ने ।(ख) गुरिल्ला यु’द्ध — मुख्य इलाकाको न्यूनतम जस्तै गर्ने ।
(ग) प्रचारात्मक — अधिकतम—स्थानीय हतियारसहित टिमबद्ध प्रचार गर्ने, न्यूनतम—पर्चा, पोष्टर, वालिङ्ग, घर–घरमा गई प्रचार गर्ने ।(घ) वर्गदुस्मन खत्तम — विशिष्ट स्थितिमा स्थानीय सामन्त, जालीफटाह र गुण्डामाथि आक्रमण गर्ने ।
प्रचार इलाकाहरूमा:(क) प्रचारात्मक — अधिकतम—पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन, जुलुश आदि । न्युनतम—घर घरमा गई प्रचार गर्ने ।ख) सेबोटेज — स्थानीय सामन्ती, जाली फटाहको आर्थिक क्षति पु¥याउने(ग) गुरिल्ला कारबाही — सहायक इलाकामा जस्तै गर्ने ।(घ) व’र्गदुस्मन खतम — अधिकतम—क्षेत्रको स्वीकृति लिई विशिष्ट केसमा वर्ग दुस्मन खतम न्युनतम—बदमासहरूलाई शारिरीक दण्डसम्म मात्र ।
मुख्य इलाकाहरूमा जनयु’द्धको थालनीका लागि कारबाहीको निशाना र अन्य योजना मूर्त रूपमा केन्द्रीय कार्यालय र क्षेत्र मिलेर बनाइने छन् । सहायक इलाकाहरूमा त्यो योजना क्षेत्रीय कार्यालय र उप–क्षेत्र इन्चार्ज मिलेर बनाउने छन् । प्रचार इलाकाहरूमा उप–क्षेत्र ई’न्चार्ज र जिल्ला समिति मिलेर बनाउने छन् । सुरक्षा दल र स्वयंसेवक दलको ठोस योजना क्षेत्रको निर्देशनमा जिल्लाहरूले नै बनाउने छन् । तर त्यसो गर्दा जिल्लाले एरियामा र एरियाले सेलमा नै गएर कारबाहीको मूर्त योजना बनाउनुपर्नेछ ।
उपरोक्त नीतिअनुसार सङ्घर्षका रूपहरूको प्रयोगका लागि आवश्यक सबै तयारी यसै निर्धारित अवधिमा पूरा गर्नुपर्नेछ ।
९ष्ष्० सङ्घर्षका वैधानिक रूपहरूबारे :सङ्घर्षको प्रधान रूप अवैधानिक र स’शस्त्र हुन्छ भन्ने कुरा माथिको योजनामा स्पष्ट अभिव्यक्त भएको छ । योजना कार्यान्वयनको प्रक्रियामा पार्टीले व्यापक जनसमुदायलाई परिचालन गरी विभिन्न प्रकारका जनकारबाही ९ःबकक ब्अतष्यल० पनि गर्नुपर्दछ । ती पनि अवैधानिक र सशस्त्र कारबाहीभित्रै पर्दछन् । तर सङ्घर्षको सहायक रूप वैधानिक ढङ्गको राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका विविध समस्याहरूलाई लिएर विविध रूपमा जनआन्दोलन उठाउने कुरा र त्यसको महœवलाई पार्टीले कहिल्यै बिर्सनुहुन्न । त्यसरी वैधानिक सङ्घर्षको सहयोग जुटाउन सकिएन भने स’शस्त्र सङ्घर्ष अलगावमा पर्ने खतरा उत्पन्न हुन्छ भन्ने तथ्यलाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ । त्यसका निमित्त जनयु’द्धको थालनीपश्चात निम्न तरिकाले जानको लागि आवश्यक तयारी गर्दै जानुपर्दछ ः
(क) सरकारी दमनका विरुद्ध विभिन्न स्तरमा विभिन्न ज।व।स।हरूका तर्फबाट विरोध ¥याली, सभा र अन्य कार्यक्रम गर्ने ।(ख) विभिन्न प्रकारका सामाजिक संघ÷संस्था लाई जनपरिचालनका निमित्त उपयोग गर्ने ।(ग) आवश्यकताअनुसार वैधानिक क्रियाकलापका निमित्त विभिन्न स्तरमा विभिन्न नामबाट जन–अधिकार समितिहरू बनाई जनपरिचालन गर्ने ।घ) मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवीलगायतका विभिन्न जनवर्गका पेशागत समस्याहरूलाई लिएर केन्द्रीय र मुख्यतः स्थानीय रूपमा सङ्घर्ष उठाउन प्रयास गर्ने आदि ।
प्राविधिक कामका सम्बन्धमानिश्चित अवधिमा प्राविधिक पक्षमा निम्न कुराहरू पूरा गर्न ध्यान दिनुपर्दछ ः
(क) त्बचनभत को छनौट, सर्वेक्षण र आवश्यक नक्साहरू सङ्कलन गर्ने ।(ख) जनयु’द्धको थालनीको योजना बमोजिम सोको निमित्त आवश्यक न्यूनतम सामाग्रीहरू सङ्कलन गर्ने ।(ग) थालनीका निमित्त योजनाबमोजिम दलहरूलाई प्राविधक प्रशिक्षण दिने ।(घ) सबै स्तरका पार्टी कमिटीहरूले न्यूनतम रूपमा रासनपानी, औषधिमूलो, लत्ताकपडा लगायतका ीयनष्कतष्अक को नियमित आपूर्तिको व्यवस्थापन गर्ने ।(ङ) सबै स्तरका पार्टी कमिटीहरूले ड्रेन, ड्रम, डम्प र विभिन्न कामका निमित्त आवश्यक सुरक्षित स्थलहरूको खोजी र निर्धारण गर्ने ।(च) सबै स्तरका पार्टी कमिटीहरूले न्यूनतम रूपमा नगद कोष व्यवस्था गर्ने ।(छ) भूमिगत सञ्चार प्रणालीको व्यवस्था गर्ने ।(ज) अन्तर्राष्ट्रिय सम्बन्ध र प्रचारको कामलाई व्यवस्थित गर्ने ।(झ) सैन्य कारबाहीको दिशा एवम् मुख्य, सहायक र प्रचार इलाकाको निर्धारण गर्ने ।ञ) विभिन्न प्रकारका दलहरूका निमित्त निर्देशिका तयार पारी एक चरण अध्ययन गराउने ।
पुनश्चः माथि उल्लेखित तयारी सम्बन्धी सबै कामहरू प्रवास र उपत्यकाञ्चलमा अन्यत्र जस्तै सामान्य विधिद्वारा गर्न सम्भव नहुने भएकोले क्षेत्रीय विशेषताअनुसार अत्यन्त भूमिगत रूपमा क्षेत्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा गर्नुपर्दछ । प्रचार गर्ने, सञ्चित शक्ति निर्माण गर्ने तथा लडाकु आपूर्ति गर्ने हिसाबले प्रवासको कामलाई सङ्गठित गरिनुपर्दछ । उपत्यकाञ्चलमा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउ“तिर पठाउने, गाउ“को सङ्घर्षलाई सहयोग पुग्ने किसिमले कारबाहीहरू गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रूपमा कामहरूलाई सङ्गठित गर्नुपर्दछ । सहरी छापामार यु’द्ध (ग्चदबल नगभचचष्ििब धबचाबचभ० को कार्यनीति अपनाउने ।
द्वितीय उप–चरण जनयुद्धको थालनी :प्रथम उप–चरणका कामलाई निश्चित अवधिमा अभियानका रूपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उप–चरण जनयु’द्धको ऐतिहासिक थालनी गर्नु हुनेछ । थालनीको सन्दर्भमा निम्न कुराहरूमा स्पष्ट हुन जरुरी छ ः
१। जनयु’द्धको थालनी गर्ने काम पार्टीको पुरानो प्रक्रियाबाट नया“ प्रक्रियामा क्रमशः विकासका रूपमा नभएर एक ठूलो धक्का र फड्कोका रूपमा हुनेछ ।२। यो थालनी वा सम्पूर्ण कारबाहीहरू सामन्त, नोकरशाह र दलाल पु“जीपतिवर्गका विरुद्ध केन्द्रित एवम् परिलक्षित हुनेछन् ।३।जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजनामुताबिक निर्धारित प्रतिनिधि कारबाहीद्वारा हुनेछ ।४। थालनीकै दिन “जनयु’द्धको बाटोमा अघि बढौं” भन्ने मूल नारा सहितको एक ऐतिहासिक पर्चा देशव्यापी रूपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरि टा“सिनेछ ।५समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ ।६थालनीको दिन सङ्घर्षका रूपहरूमा गुरिल्ला यु’द्ध, सेबोटेज र प्रचारात्मक कारबाही मात्र प्रयोगमा ल्याइनेछन् ।
तृतीय उप–चरण जनयु’द्ध थालनीको निरन्तरता :
यो उप–चरण योजनाको अन्तिम भाग हुनेछ । यसअन्तर्गत निम्न कुराहरू गरिनेछन् ः१। मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरूमा सबै प्रकारका दलहरूका निमित्त तयारीकै क्रममा मूर्तीकरण गरिएका सङ्घर्षका कार्यक्रमहरूलाई कार्यान्वयन गरिनेछ ।२।यो उप–चरण थालनीको विस्तारका रूपमा हुनेछ ।३।निरन्तरताको यो प्रक्रिया निश्चित अवधिका लागि मात्र हुनेछ । सोपश्चात् थालनीका सम्पूर्ण क्रियाकलाप र त्यसका परिणामको मूल्याङ्कन गरी केन्द्रले नया“ योजना तयार पारी कार्यान्वयनमा ल्याउने छ ।
उपसंहार प्रिय कमरेडहरू,:आज हामीले नेपाली समाज र पार्टीको जीवनमा आमूल परिवर्तन गर्ने प्रमुख साधनका रूपमा जनयुद्धको पहल गर्ने महान् व्यवहारिक फड्को हान्दैछौं । यो कठीन तर सम्भव र महान् निर्णय पार्टीले कसरी लिन सक्यो ? यसका पछाडि पहिलो, मानव समाजकै वर्गसङ्घर्षको विकास प्रक्रियाले काम गरेको छ, दोस्रो, लामो समयदेखि नेपाली जनताले चलाउ“दै आएका विविध रूपका सङ्घर्षहरू तथा ती सङ्घर्षहरूमा हाम्रो पार्टीका नेता एवम् कार्यकर्तादेखि अनगिन्ती नेपाली जनताका छोराछोरीहरूले प्राप्त गरेको शहादत र उनीहरूको रगतले काम गरेको छ । तेस्रो, नेपाली कम्युनिष्ट आन्दोलनमा सर्वहारावर्गको अपराजेय वैज्ञानिक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका लागि विभिन्न रूपका अवसरवाद मुख्यतः दक्षिणपन्थी संसोधनवादका विरुद्ध पार्टीको लामो र कष्टसाध्य वैचारिक सङ्घर्षले काम गरेको छ । चौथो, जनताको मुक्तिका निमित्त पार्टीको क्रा’न्तिकारी राजनैतिक कार्यदिशा अनुसार वर्गसङ्घर्षका विभिन्न मोर्चामा सर्वहारा वर्गीय स्पिरिडका साथ डटिरहेका नेता र कार्यकर्ताहरूको त्याग, लगन र साहसले काम गरेको छ । पा“चौ, विश्व कम्युनिष्ट आन्दोलनका विगत र वर्तमानका प्रचुर सकारात्मक एवम् नकारात्मक अनुभवहरूले काम गरेको छ । छैठौं, नेपाली समाजलाई आज चौतर्फी सङ्कटको स्थितिमा पु¥याउने सामन्त, नोकरशाह र दलाल पु“जीपति वर्गप्रतिको हाम्रो सचेत घृणा र नेपाली जनताको मुक्तिका निमित्त जस्तोसुकै बलिदान गर्न तयार रहने हाम्रो प्रतिबद्धताले काम गरेको छ । त्यसकारण आज यो निर्णय हुन सामान्यतः विश्व सर्वहारावर्ग र जनसमुदायको, मुख्यतः नेपाली सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको एउटा महœवपूर्ण विजय हो । आज प्रत्येक पार्टी सदस्यले त्यो महान् गौरव र जिम्मेवारीलाई व्यवहारमा चरितार्थ पार्न मुक्ति वा मृत्युको स्पिरिटमा दिलोज्यानले मोर्चामा डट्नुभन्दा ठूलो अर्को कर्तव्य छैन । हामीस“ग माक्र्सवाद–लेनिनवाद–माओवादको सर्वशक्तिमान वैचारिक हतियार छ, सही राजनैतिक एवम् सैनिक कार्यदिशा छ, त्यसअनुसारको योजना छ, त्यसैले अब हाम्रा लागि साहस, साहस र फेरि साहसको परिचय दिनु आवश्यक छ । बाटो कठिन छ तर भविष्य उज्ज्वल छ । जीत सुनिश्चित छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद !जन’युद्ध — जिन्दावाद !नेपाल कम्युनिष्ट पार्टी (माओवादी) — जिन्दावाद !