logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवालाई बाटो छेकेर बिधार्थीले दिए यस्तो चेतावनी……


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानु अघि नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले वाटो छेकेर चेतावनी दिएर पठाएका छन् ।

सभापति सहितका नेताहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको मूलद्वारमा नै रोकेर विद्यार्थीहरुले विधान विपरित ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।

निबर्तमान महामन्त्री कुन्दन राज काफ्ले निकट रहेका नेबिसघंका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर, नवराज त्रिपाठी, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा लगायत बिद्यार्थीहरुले यस्तो चेतावनी दिएका हुन् ।

समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै नेविसंघको महाधिवेशनको लागि तदर्थ समिति म‌ंगलबारको केन्द्रीय समिति बैठकले गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार