१.हाम्रो याेजना क्रान्तिकारी हिंसा सम्बन्धि मालेमावादका शिक्षामा अाधारित हुनेछ।हाम्रो देशकाे बिशिस्टता अनुसार गाउबाट शहर घर्ने रणनीतिमा अाधारित जनयुद्धको रुपमा अघि बढने यश प्रक्रियाकाे अपराजय माक्र्सवादी शैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्त प्रति अबिचलित रहने प्रतिबद्धता
२.जनयुद्धको थालनी हाम् याे याेजना राज्यसत्ता बाहेक सबै भ्रम हाे भन्ने मान्यतामा अाधारित हुनेछ।जनताको निम्ति राजनीति सत्ता कब्जामा गर्नु नै सशस्त्र संघर्ष काे प्रमुख उदेश्य हाे भन्ने कुरामा दृढ रहि यस प्रश्नमा देखापर्ने अर्थवाद,सुधारवाद,अराजकतावाद लगायत सबै प्रकारका बिचलनकारी चिन्तन र प्रबृत्तिका बिरुद्व निरन्तर संघर्ष गर्न पार्टी अाफ्नाे प्रतिबद्धता जाहेर गर्दछ।
३.हाम्रो याेजना सामान्तबाद र साम्रराज्यवादलाइ ध्वस्त गरि नया जनबादी क्रान्ति पूरा गर्ने त्यसकाे लगत्तै समाजवादी क्रान्ति मा अघि बढने तथा सर्वहारा अधिनायकत्व काे क्रान्ति जारी राख्ने सिद्धान्तका अाधारमा सास्कृतिक क्रान्तिहरु चलाउदै मानवजातीकै स्वर्णिम भबिस्य साम्यवाद काे स्थापनासम्म जाने उदेश्यमा अाधारित हुनेछ। “एक पटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढता बिना सशस्त्र संघर्षकाे थालनि गर्नु सर्वहारावर्ग एव अामजनताप्रति अपराध हुने कुरामा हामी दृढ छाै”।याे संघर्ष जनताकाे मनास्थितिमा अांसिक सुधार गर्ने प्रतिक्रियावादीहरुलाइ दवाव दिई सामान्य सम्झाैतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन।यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुजीवादी,संकिण,राष्टबादी,धार्मिक,
साम्प्रदायिक एव जातिवादी बिभ्रहरुबाट पुर्ण रुपले मुक्त हुनेछ।
४.याे याेजना सर्वहारा अन्तराष्ट्रवादकाे महान भावनामा अाधारित रहनेछ।नेपाली क्रान्ति बिश्व सर्वहाराबर्गकाे अभिन्न अंग हाे यसले बिश्वक्रान्तिकाे सेवा गर्ने छ।हाम्रो पार्टी यस सन्दर्भमा मालेमावादकाे निर्देशनमा बिश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय काे निमार्णकाे दिशामा अघिबढिरहेकाे क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी अान्दोलन रिम (जसकाे सदस्य हाम्रो पार्टी पनि छ)काे बिकास मा अझ बढी सहयाेग पुर्याउने कुरालाइ गंभिरतापुर्वक लिन्छ।
५.हाम्रो याेजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहाराबर्गकाे क्रान्तिकारी संयुक्त माेर्चा र क्रान्तिकारी सेना निर्माणकाे सैद्धान्तिक मान्यतामा अाधारित हुनेछ।अन्तरबिराेधकाे नियमकाे सार्बभाैमिकताका अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण त्यसलाई संन्चालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हरक्षेत्रमा त्यसकाे नेतृत्व स्थापित गर्नु हृदयले जनताकाे सेवा गर्ने,जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नेे जनादेशकाे सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।
६.हाम्रो याेजना सर्वहाराबर्गकाे पार्टीको स्वतन्त्र अात्मानिर्णयकाे अधिकारकाे मान्यता अनुसार बन्नेछ।पार्टीको नेतृत्वमा सामान्तबाद र साम्राज्यवाद बिराेधी सबै तह र तप्काका जनसमुदायलाई गाेलबन्द गर्दै सशस्त्र संघर्ष संन्चालन गरिनेछ।कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदायको मुख्यतः गरिव किसानहरुमाथि भर परेर चल्नेछ।कहिल्यै र कुनैपनि हालतमा पार्टी बिदेशि एव प्रतिक्रियावादी गुटहरुकाे दवाव धम्कि र प्रलाेभनमा पर्ने छैन।
७.जनयुद्ध अाफ्नै नियम अनुसार त्याे सरल रेखामा हाेइन, जटिल बक्ररेखामा अघि बढनेछ।लेनिनको क्रान्ति अाफैले अाफ्नाे बिकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति श्रृजना गर्दछ भन्ने कुरालाई अात्मासात गरेर जानू जरुरी छ।जित र हार उपलब्धि र क्षेतिका च्रकहरु पार गरेर नै जनयुद्ध बिजयी बनने छ।खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरबिराेधकाे नियमलाइ ठिक ढंगले पकडेर नै हामिले जनयुद्धको नेतृत्व गर्नसक्ने छाै।