राजनीति
पोखरा- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको टिप्पणी गरेका छन् ।
बुधबार जनकपुर पुगेका नेता नेपालले पार्टीले जनयुद्ध दिवस मनाउने निर्णय प्रचण्डको निजी निर्णय भएको बताएका हुन्। उनले भने,‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’
आज फागुन १ गते काठमाडौंमा नेकपा र सरकारले दुई वटा कार्यक्रम आयोजना गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाले जनयुद्ध दिवस मनायो । त्यहाँ पार्टीका अध्यक्ष प्रचण्डमात्रै गए । तर, अर्का अध्यक्ष ओली गएनन् ।
यता, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा प्रधानमन्त्री ओली गए । तर, अर्का अध्यक्ष प्रचण्ड उक्त कार्यक्रममा गएनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको महत्वपूर्ण कार्यक्रममा प्रचण्ड नजानुको कारणबारे नेकपाभित्रै हल्लीखल्ली मच्चिएको छ ।
धुम्बाराहीमा आयोजित जनयुद्ध दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली न आएपछी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सहभागी हुने तयारी रहे पनि यद्यपि सरकारको नयाँ कार्यक्रम घोषणाले गर्दा आइनपुगेको बताएका छन।
‘ओली पनि आउने कुरा थियो। सरकार गठन भएको एक वर्ष भएको र यतिवेला नगरिनहुने कामले गर्दा उहाँ आउन सक्नुभएन। निर्णय हामी दुई अध्यक्षको साझा हो। त्यसैले भर्खर म र महासचिव(विष्णु पौडेल) बालुवाटारबाट आयौ।’शहीदहरुलाई माल्यार्पण गरेपछि प्रचण्डले भने ।
पार्टीले जनयुद्द दिवस मनाई रहदा अद्यक्ष तथा प्रधानमन्त्री ओली भने प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा कार्यक्रममा थिय।