logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलि दाहाल गुट बाहेक सबै जनता विप्लव हुन, समातेर देखाउ : नरबहादुर कार्की


  • अखिल बिश्वकर्मा
  • बुधबार, फाल्गुन १ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रखर वक्ता नरबहादुर कार्कीले प्रचण्ड ओली साम्राज्यवादका स्थानिय एजेन्टहरु भएको तर्क गरेकाछन । दश वर्षे जनयु’द्धको २४ औँ वर्षगाठमा राजधानी काठमाडौंको शान्तिबाटिकामा भएको सभामा बोल्दै उक्त धारणा राखेकाहुन ।

कार्कीले वर्तमान सरकारको नारा ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ एउटा मजाक बाहेक केहि नभएको जिकिर गरेकाछन । मुलुकका युवाहरुलाई रोजगारी दिने रुची र क्षमता नराख्ने सकारले युवालाइ बेरोजगारी भत्ता दिने भन्ने कुरा आफ्ना आसेपासे भर्ती गर्ने नक्कली हल्ला रहेको बताएकाछन । उनले भने ‘अहिलेको सत्ता युवा बेचेर खाने दलालहरुका पनि दलाल हो। ‘यिनीहरुको टाउकोमा जनताले अब क्रा’न्तिको घन बर्साउनेछन् । त्यो घन एकसाथ लाखौं जनताहरुको हातमा हुनेछ ’ र वर्षिने छ ।

अर्को प्रसङ्गमा बोल्दै पार्टीका नेता कार्यकर्तालाई फ’र्जी कारण बनाएर गि’रफ्तार गर्ने, झुटामु’द्दा लगाएर आ’तंकित पार्ने सपना नदेख्न भन्दै दलालहरुलाइ साच्चिकै आं’तकित पार्नुपर्यो भने लुक्ने ठाउँ कतै बाकी नरहने चे’ताव’नी दिएकाछन उनले थपे ‘हाम्रा नेतालाइ खोज्न करोडौं बजेट निकासा गरेको खबर आएकाछन तर खरबौ खर्चे पनि विप्लव लाइ छुन सक्दौनौ किन तपाई पनि विप्लव हो म पनि विप्लव हो, इमान्दार प्रहरी र सेना पनि विप्लव हो,राष्ट्रिय पुजीपति पनि विप्लव हो ,बिद्यार्थी पनि विप्लव हो । हामी सबै एकीकृत जनक्रा’न्तिको कार्यदिशामा गोलबन्द हामी सबै विप्लव हो ।

जनयु’द्ध दिवसको उपलक्ष्यमा सबैलाइ रातो झण्डामुनी केन्द्रित हुदै मुलुक स्वाधिन र समृद्ध हुन अपिल समेत गरेकाछन ।

जनार्दनलाइ पार्टी बाट बि’द्रोह गर्न अपिल

सतारुढ दलका नेता जनार्दन शर्मालाइ एकी’कृत क्रा’न्तिमा आउन आव्हान गरेकाछन उनले भने , एक कार्यक्रममा यो पाराले उपलब्धि सुरक्षित हुँदैनन् भन्दै गरेको सुनेको थिएँ, यस्ता दलालहरूको पछि लागेर हुँदैन कम’रेड, हाम्रो पार्टीमा आउनुहोस्, एकीकृत जनक्रा’न्ति र वैज्ञानिक समाजवादका निम्ति अन्तिम पटक सँगै हिँडौँ, यो दलाल संसदीय व्यवस्थाका वि’रुद्धमा आवाज बु’लन्द गरौँ।’ दलाल पूँजिवादी व्यवस्थाका वि’रुद्धमा बोल्न र लड्न ड’राउने का’यरहरूको कार्यकर्ता बनेको ठ्याम्मै सुहाएन, हामी पुनः तपाइंलाई अबिर लगाएर पार्टीमा स्वागत गर्छौं कुनै सङ्कोच नमानी आउनुहोस्।’ नत्र त्यहा बसेर तर्क गर्नुको अर्थ नभएको जिकिर गरेकाछ्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार