logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड जी, माओवादी जन्मेर हुर्की सक्यो अव लुक्ने ठाउ खोज्नुस, जनार्दनहरु बिद्रोह गर्नुस : नेता कार्की


  • अखिल बिश्वकर्मा
  • बुधबार, फाल्गुन १ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रखर वक्ता नरबहादुर कार्कीले प्रचण्डको अर्को माओवादी जन्माउने भनाइ बेहोसी तर्क भएको वताएकाछन । उनले माओवादी जन्मेर गाउवस्ती ब्युझाउदै छ । अब महेन्द्र राजमार्ग देखी शहरका सडकहरु राताम्य हुने दिन आउदै गरेको बताएका छन । माओवादी जन्माउछु भन्ने प्रचण्डको तर्क एउटा बहुलठ्ठी बिषय मात्र भएको दलिल पेस गरेका छन । दश वर्षे जनयुद्धको २४ औँ वर्षगाठमा राजधानी काठमाडौंको शान्तिबाटिकामा भएको सभामा बोल्दै उक्त धारणा राखेकाहुन ।

संसदिय सत्ता युवा बेचेर खाने दलालहरुका पनि दलालहरुको भएको बताउदै भने ‘यिनीहरुको टाउकोमा जनताले अब क्रान्तिको घन बर्साउनेछन् । त्यो घन एकसाथ लाखौं जनताहरुको हातमा हुनेछ र त्यो दिन नजिकै आएको छ ।

अर्को एक प्रसङ्गमा बोल्दै सतारुढ दलका नेता जनार्दन शर्मालाइ एकीकृत क्रान्तिमा आउन आव्हान गरेकाछन । बिग्रेको भत्केको पार्टीमा बसेर तर्क र बहस गर्नुको तुक नभएको भन्दै , एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका निम्ति अन्तिम पटक सँगै लड्न आव्हान गरेका छन । उनले भने दलाल पूँजिवादी व्यवस्थाका विरुद्धमा बोल्न र लड्न डराउने कायरहरूको कार्यकर्ता बनेको सुहाएन, हामी पुनः तपार्इंलाई अबिर लगाएर पार्टीमा स्वागत गर्छौं कुनै सङ्कोच नमानी आउनुहोस्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार