राजनीति
प्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्रपकमल दाहाल प्रचण्ड अाज राैतहट चन्द्रपुरमा पुगेका छन् ।
चन्द्रपुरमा अायाेजित चुनावी सभामा उनले जनताकाे भाेट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्टाचार मात्र गर्ने बताए । प्रचण्डले भने , “जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन् । यहाँ पनि भाेजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खाेजेकाे सूचना अाएकाे छ।
उनीहरु अहिले पनि जनतालाई मान्छे ठान्दैनन् । पैसा बाँडेर चुनाव जितेपछि उनीहरुले जनताकाे काम गर्दैनन्, त्याे बाध्यता पनि हुँदैन, उनीहरुकाे काम त भ्रष्ट्राचार गरेर अाफ्नाे लगानी उठाउनु, देशलाई लुट्नु मात्र हुन्छ ।” “बैशाख ३१ गते नै सबै ठाउँमा चुनाव गर्न सकिन्थ्याे। तर, हामीले त्यसाे गरेनौं,” प्रचण्डले थपे, “एकै चरणमा चुनाव गरेकाे भए मधेशमा धेरैकाे रगत बग्थ्याे, धेरैलाई जेल हाल्न पर्थ्याे।
म जनतालाई गाेली ठाेक्ने, जेल हाल्ने पक्षमा थिइनँ। देशलाई शान्ति, स्थीरता र विकासकाे दिशामा लान चाहन्थें, त्यसैले चरण चरणमा चुनाव गरियाे।” अाइतबार बिहान अध्यक्ष प्रचण्डले चन्द्रपुरकै ३ स्थानीय चुनावी सभालाई सम्बाेधन गरे ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयरका उम्मेदवार युवराज भट्टराई, उपमेयरका उम्मेद्वार जानकी नेपाल लगायतका वक्ताहरुले नगरकाे विकासबारे अाफ्नाे धारणा राखेका थिए।