logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्री ओली ज्यु गफ हनेर रेल आउछ -सभापति देउवा


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध गफ हनेर रेल आउछ भन्दै खनिएका छन्।कांग्रेस भक्तपुरले शुक्रबार गरेको विरोध सभामा देउवाले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दु:ख हुने थिएन।’‘महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो। जथाभावी कर बढाएको छ,’ देउवाले भने।

ओली सरकारले कुरा ठूला गरे पनि काम केही नगरेको दाबी देउवाको छ। ‘ओलीले ठूला-ठूला गुड्डी हाँकेका छन् कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ?’ देउवाले प्रश्न गरे।

ओली सरकारले महंगी नियन्त्रण नगर्दा जनतालाई दैनिक जीवनयापनमा समेत अप्ठेरो परेको उनले बताए।

भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए। ‘विकास निर्माणमा त केही गरेनन्। अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारेका छन्,’ उनले भने, ‘भेनेजुयलाबारे जे पायो त्यही बोलेको छ।’

मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ। प्रधानमन्त्रीको क्षेत्रमा विकास निर्माणका ठूला योजनामा बजेट ओइरिएको समाचार सार्वजनिक भएका बेला देउवाले त्यसतर्फ लक्षित गर्दै भने, ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि। सबैतिर समान विकास गर्नुपर्यो ।’

विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ। विपक्षी दलले संसदमा वेल घेराउ गर्दा संसारमा कहीँ पनि विधेयक पास नहुने भए पनि नेपालमा पास गरेर सरकारले अधिनायकबादी चरित्र प्रदर्शन गरेको देउवाले आरोप लगाए।

‘सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार