logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

श्रमिकहरुकाे पसिना गन्यायो भन्ने नेताकाे नाक भाँच्नुपर्छ -लेखनाथ न्याैपाने


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

श्रमिकहरुकाे पसिना गन्हाउने नाक भएका नेताहरुकाे नाक भाच्नुपर्ने भन्दैपूर्व विद्यार्थी नेता तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताएका छन् ।पानेले श्रमिक जनताको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीका नेताहरुलाई तीनैको पसिना गन्हाउछ भने नाक बाँकी नरहने जनता टेलिभिजनसँगकाे अन्तरवार्तामा नेता न्यौबताएका हुन् । उनले भने त्यस्ता नेताहरु पनि पार्टीभित्र रहेकाे भन्दै नाक भाँच्नुपर्ने बताए ।

उनले नेकपा दालाल पूँजीपतिहरुसँगै मिलेर कमाउने धन्दामा लाग्ने हो भने कम्युनिष्ट नरहने दावी समेत गरे । राजनीतिलाई अकुत सम्पति कमाउने भाँडो बनाउनलेहरु कम्युनिष्ट हुन नसक्ने भन्दै त्यस्तालाई जनताले झापड लगाउन थालेको बताए ।

दुई कम्युनिष्ट पार्टीबीचकाे एकता सहि भएकाे भन्दै उनले अब नेकपाले दलाद पूँजीवाद विरुद्ध संघर्ष गर्नु पर्ने धारणा राखे । उनले नेकपाले दलाल पुँजीपति वर्गसँग लड्न सकेन र त्यसैमा लाग्याै भने कम्युनिष्ट, बामपन्थी केहि पनि नरहनेसमेत दावी गरे ।

फरक प्रशंगमा नेता न्याैपानेले बन्दुगको नालबाट मात्र कम्युनिष्ट सत्ता आउँछ भन्नु र बन्दुगको नालबाट सत्ता आउने कुराको बहसलाई नै अस्विकार गर्नु दुैवै कम्युनिष्ट विरोधि कुरा भएको भन्दै उनले बन्दुगको नालबाट सत्ता आउछ भन्ने कुरा थुप्रै विकल्पहरुमध्ये एउटा विकल्प भएकाे बताए । बन्दुग मात्रै अन्तिम विकल्प मान्दा संसारमा थुप्रै कम्युनिष्ट आन्दोलनहरु सकिएकाले अरु थुप्रै विकल्पहरुका बारेमा खोजी गर्नुपर्ने बताए ।

भूमिहिन किसान, मजदुर र गरिबदुखीको स्थिति २०५२ सालमा जस्तो थियो अहिले पनि उस्तै भएको नेता न्यौपानकाे भनाइ थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार