logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

किन गरे ओलीले आफ्नो सचिवालय हेरफेर ? कस्लाइ के जिम्मेवारी ?


  • राजनीति
  • सोमबार, भाद्र २६ २०७४

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । ओलीको प्रमुख स्वकीय सचिवमा अब राजेश बज्राचार्य रहनेछन् ।

बज्राचार्य ललितपूरका एमाले कार्यकर्ता हुन् । उनले अध्यक्षको प्रमुख स्वकीय सचिव तथा निवास व्यवस्थापनको जिम्मा पाएका छन् ।

त्यस्तै अनिस दाहाल स्वकीय सचिव भएका छन् । दाहालले संसदीय दल र विकास योजनाहरुको संयोजन गर्ने जिम्मा पाएका छन् ।

एमाले अध्यक्ष ओलीको तर्फबाट प्रेससँग समन्वय गर्ने जिम्मा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पत्रकार चेतन अधिकारीले पाएका छन् । अधिकारी ओली प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए ।

ओलीले पार्टी केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी अध्यक्षको तर्फबाट बिभिन्न पार्टीनेता र पार्टी कार्यालयबाट हुने कार्य सम्पादनको जिम्मेवारीमा तोकेका छन् । ओलीको सचिवालयले जारी गरेको प्रेस नोटमा यही टिमनै अध्यक्षको आधिकारिक सचिवालय रहेको प्रष्ट पारिएको छ ।

यसअघि बिभिन्न समयमा ओलीको सचिवालयमा जोडिएका व्यक्तिहरु पनि सचिवालयमै रहेको भन्ने कतिपयलाई पर्ने गरेकाले ओलीले सोमवार आफ्नो सहयोगी टिम तय गरेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार