logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाखौं घुस लिएको प्रमाण हुदा पनि कार्वाही नभएको भन्दै क्रान्तिकारी सडकमा, आफै कार्वाही गर्ने चेतावनी


  • आश तमु
  • सोमबार, फाल्गुन ६ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त रामनारायण पाठकलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार राजधानी काठमाडौँ आयोजित विरोध कार्यक्रम मार्फत अखिल क्रान्तिकारीले उक्त माग गरेको हो । क्रान्तिकारीका अनुसार  शान्ति बाटिकामा गर्ने भनिएको कार्यक्रम प्रहरी हस्तक्षेपका कारण त्रिचन्द्र कलेजमा गरिएको थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य हर्क विकले भक्तपुरमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक लम्बोदर न्यौपानेले आफ्नो निजी सम्पत्ति बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घूस दिएको बताए । यस्ता भ्रष्टाचारीलाई राज्यले कारबाही नगर्ने हो भने सङ्गठनले भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालयका संयोजक ललित विकले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो राज्यले नै थप प्रोत्साहन दिएको भन्दै राज्यले आमनागरिक र राष्ट्रियताको रक्षा गर्न नसक्ने हो भने नेकपाले जिम्मेवारी लिने धारणा व्यक्त गरेकाछन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार