logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लव नेकपा लियो एनसेल कार्वाहीको जिम्मा, मानवीय क्षती प्रती दुख व्यक्त


  • आश तमु
  • आइतबार, फाल्गुन १२ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि कारबाही गरेको पुष्टि सहित जिम्मेवारी लिएको छ । उक्त्त कुरा नेकपाको मुख पत्र ईरातो खबरमा प्रकाशीत समाचारले पुष्टि गरेको छ ।

उक्त पार्टीले यसअघि पनि एनसेलमाथि अरबौ कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखि नै निरन्तर आक्रमण गर्दै आएको थियो ।

यसैक्रममा फागुन १० गते शुक्रबार राति पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । त्यही क्रममा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र उक्त दुर्घटनामा पार्टीपङ्क्ति दुखित भएको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार