logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जब विश्वबिख्यात युवाले म पनि विप्लव हुँ भने…(भिडियो सहित)


  • अखिल बिश्वकर्मा
  • आइतबार, फाल्गुन १२ २०७५

चर्चित युवा अभियन्ता तथा अन्तर्राष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा गत मंसिर ८ बाट औपचारिक हिसावले प्रवेश गरेका हुन ।  जिवन प्रशिक्षकका रुपमा संसारभर आफ्नो परिचय बनाउन सफल उनि बिश्वका प्राय मुलुकका युवाको र जनता बिच स्थापित छन ।

आफ्नो बेग्लै ज्ञान, क्षमता र प्रतिभाले बिश्वमा चर्चा बटुलीसकेका य कार्की ले हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वका उत्कृष्ट प्रशिक्षकहरु मध्य पर्दछन ।

दश वर्षे जनयुद्धको २४ औँ वर्षगाठमा राजधानी  काठमाडौंको शान्तिबाटिकामा भएको सभामा बोल्दै पार्टीका नेता कार्यकर्तालाई फर्जी कारण बनाएर  गिरफ्तार गर्ने, झुटामुद्दा लगाएर  आतंकित पार्ने सपना नदेख्न भन्दै  दलालहरुलाइ साच्चिकै  आंतकित पार्नुपर्यो भने लुक्ने ठाउँ कतै बाकी नरहने चेतावनी दिएकाछन उनले थपे ‘हाम्रा नेतालाइ खोज्न करोडौं बजेट निकासा गरेको खबर आएकाछन तर खरबौ खर्छे पनि विप्लव लाइ छुन सक्दौनौ किन  तपाई पनि विप्लव हो म पनि विप्लव हो, इमान्दार प्रहरी र सेना पनि विप्लव हो,राष्ट्रिय पुजीपति पनि विप्लव हो ,बिद्यार्थी पनि विप्लव हो । हामी सबै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हामी सबै विप्लव हो ।

जनयुद्ध दिवसको उपलक्ष्यमा सबैलाइ रातो झण्डामुनी केन्द्रित हुदै मुलुक स्वाधिन र समृद्ध हुन अपिल समेत गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार