राजनीति
दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झालनाथ खनालबताएका छन्।धरानले आइतबार नेकपा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले स्थानीय, प्रदेश र केन्द्र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए।
उनले पार्टी एकीकरणको ढिलाईको मुख्य कारण देशका अधिकांश स्थानीय निकाय, ६ वटा प्रदेश र केन्द्र सरकारको काम चित्त बुझ्दो नहुनुमा भएको बताए। उनले नेकपाको एकीकरण प्रक्रियाले सार्थक नपाएकै कारण पनि सरकार संचालनमा समस्या उत्पन्न भएको बताए।
उनले स्थानीय, प्रदेश र केन्द्र सरुकारको काम कारवाहीप्रति उठेका गुनासाको सम्बोधन गरी कम्युनिस्टको दुई तिहाईको सरकार नमुना बनाएर देशमा समाजवाद स्थापना गरेरै छाड्ने बताए।
‘पार्टी एकीकरणको सुरुमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले भूमिका खेल्नु भएको थियो। त्यसपछि बनाएको कार्यदलले समेत समयमा काम गर्न नसकेका कारण एकीकरण प्रक्रियामा ढिलाइ भएको नेता खनालले बताए।
उनले जिल्ला, नगर तहका कमिटी विघटन गर्नु गलत भएको पनि बताए।अहिले तल्लो तहका कमिटि विघटनले धेरै कार्यकर्ता भूमिकाविहीन भएकाले पार्टी काम अगाडि बढाउन कठिनाई भएकाले पार्टीको सचिवालय बैठकले चाँडै एकीकरण प्रक्रिया टुंगोमा पुर्याउने भन्दै खनालले कार्याकर्तालाई आश्वाशन दिएका छन्।