बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारीमा विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकाे बताइएको छ ।
पार्टी प्रवेश गर्नेहरूमा पूर्वमाकेबाट एक दर्जन बढी जेता कार्यकर्ता प्रबेश गरेका छन्।भने
नेपाली काङ्ग्रेस पार्टीबाट पनि नेकपा प्रबेश गरेका छन । नवप्रवेशीलाई कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले टीका लगाई स्वागत गरेका थिए ।
देशै भरी अभियान तिब्र बनाइरहेको बिप्लव नेतृत्वको नेकपाप्रति जनताकाे आसा र बिस्वास बढदै गएकाे देखिन्छ। अभियान काे क्रममा रुकुम अछाम कालिकाेट लगायतका जिल्लामा सयाैकाे संख्यामा पुर्व माओवादी तथा अन्य पार्टी छाेडदै बिप्लवकाे पार्टी मा प्रबेश गरेका थिए।