राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का ललितपुर जिल्ला समिती सदस्य मानबहादुर तिरुवा लाई बिनाकारण शैलीमा गिरफ्तार गरेको भन्दै अखिल(क्रान्तिकारी) ललितपुर जिल्ला समितिका उपाध्यक्ष रमेश सुनार ले आपत्ती जनाएका छन ।
शुक्रबार राती १० बजे धापाखेल स्थित कोठामा सुतिरहेको अवस्थामा प्रहरिले गैरन्यायिक रुपमा गिरफ्तार गरे भन्दै आक्रोश व्यक्त गरेकाछन । एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष सुनार ले सरकार को उक्त कदम को घोर निन्दा गरेका छन साथै उनले आफ्ना जिल्लाका निर्दोष सदस्य लाई विनासर्त रिहाई गर्न जोडदार माग गरेकाछन । उनले विज्ञप्ति मा दलालसंदिय व्यवस्था बाट पिडित जनता लाई साथ दिने पनि उल्लेख गरेकाछन ।