logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बादलकाे प्रगति प्रतिवेदन किन चुपचाप छ निर्मला हत्याकाण्ड बारे ?


  • न्युज डेस्क
  • मंगलबार, फाल्गुन १४ २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो एक बर्षे कार्यकालको प्रगति प्रतिबेदन सार्वजनिक गरेका छन्। याे एकबर्षकाे अबधि मा मुलुक ले ठु ठुला  काण्ड हरुकाे सामना गर्नुपर्याे।

यसै अबधिलाइ  गृह मन्त्रालयले गृहप्रशासन सञ्चालनको एक वर्षको कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । कार्य प्रगतीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो अवधिलाई सिकाईको साथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रुपमा लिएको बताएका छन् ।

भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरुको उल्लेख्य मात्रामा न्यूनिकरण भएको गृह मन्त्रालयले जारी गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।
२४ पेज लामो कार्य प्रगति विवरणमा गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ । बुँदा नम्बर ४ मा चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ भने निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनालाई कार्य प्रगतीमा समेटिएको छैन ।

कार्य प्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल÷अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार