नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला का सदस्य मानबहादुर तिरुवा रिहाई भएका छन । ललितपुर जिल्ला अदालतबाट निर्दोश साबित भएपछि उनलाई १०००० धरौटीमा रिहाई गरेको हो । तिरुवालाई अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला का अध्यक्ष उषाकिरण आजाद ले खादा लगाएर स्वगत गरेका छन ।
जिल्ला नेता तिरुवालाई स्वागत गर्दै अध्यक्ष आजाद ले राजनितिक आस्था राखेकै कारण ले तिरुवालाई प्रहरीले परिवार संग सुतेकै अवस्थामा धापाखेल स्थित कोठाबाट गत १० गते गिरफ्तार गरेकाले दोषी प्रमाणित नहुदा रिहाइ गर्न बध्य भएको बताए । उनले केही पत्राकार हरुले आफ्नो संगठन का ललितपुर जिल्ला अध्यक्ष विनोद लुईटेल लाई पत्रकारिता को दुरुपयोग गरि झुट्टा आरोप लगाईरहेको बताउदै पित पत्रकारिता नगर्न चेतावानी दिए । उनले दुई तिहाई को आगोमा उम्लेको ओलिसरकार खरानिमा गएर समप्त हुने पनि राजनिती संग भने ।
प्रहरी ले अखिल(क्रान्तिकारी) ललितपुर लाई चरम दमन गर्न खोजेको प्रती घोर निन्दा गर्दै विद्यार्थी को कलम संग नतर्सिन पनि सरकार लाई आग्रह गरे ।