logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन चलखेल मा छ नेकपा अन्सारीलाई याेग्य बनाउन ?


  • पत्रपत्रिका
  • बुधबार, फाल्गुन १५ २०७५

काठमाडौ  नेपाल कम्युनिस्ट पार्टी नेकपाले मुस्लिम  आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि  उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ ।

संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ ।

अन्सारीले भने मंगलबार समितिलाई पठाएको छ । अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन् ।

उनले २०७५ साल माघ ४ गनेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन् ।

यो पत्र सोमबारसम्म कहीँ कतै देखिएको थिएन । यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ । आजको नागरिक दैनिक मा लेखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार