राजनीति
अत्याधुनिक हतियारसहित एक एक युवक पक्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित पक्राउ परेको प्रहरीले जनाएको छ। प्रकाउ परेका ब्यक्ति विप्लवका कार्यकर्ता भएको प्रहरीको दावी छ
मोटरसाइकलमा २ जना आउँदै गर्दा उनी समातिएका हुन्। अर्का एक जना भने फरार भएको प्रहरी स्रोतले बतायो। पक्राउ पर्नेमा बेलबारी १०का देबकुमार लिम्बु छन्। अहिले उनलाई पनबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्लाका एसपी, संघीय प्रहरी प्रमुख एसएसपी पनि पानबारी पुगेका छन् भने प्रदेश प्रहरी प्रमुख डिआइजी पनि यहि घटनाबारे बुझ्न पानबारी आउँदैछ्न।
स्रोत नागरिक बाट