logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका कार्यकर्ता गिरफ्तार शक्तिशाली हतियार बरामद भएको प्रहरीको दावी


  • राजनीति
  • बुधबार, फाल्गुन १५ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नपाल कम्युनिस्ट पार्टी एक नेता गिरफ्तार भएकाछन । बेलबारी १० ला देव कुमार लिम्बु गिरफ्तारीमा परेको स्रोतले बताएको छ ।

मोटरसाइकल मा सवार लिम्बुलाइ धरान बाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ । अहिले उनलाइ पानबारी स्थित प्रहरी चौकीमा राखिको प्रहरीको भनाइ छ ।

प्रहरीको भनाइ अनुसार उनलाइ अत्याधुनिक हतियारसहित उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित पक्राउ परेको प्रहरीले जनाएको छ। प्रकाउ परेका ब्यक्ति विप्लवका कार्यकर्ता भएको प्रहरीको दावी छ

उनलाई पनबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्लाका एसपी, संघीय प्रहरी प्रमुख एसएसपी पनि पानबारी पुगेका छन् भने प्रदेश प्रहरी प्रमुख डिआइजी पनि यहि घटनाबारे बुझ्न पानबारी आउँदै गरेको बताइएको च ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार