logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनतालाई कंगाल बनाउने एनसेलमाथी कार्वाही गर्दा हुने दमनकाे शशक्त प्रतिरोध गर्छाै : बिप्लव


  • न्युज डेस्क
  • बिहिबार, फाल्गुन १६ २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले  बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले गिरफ्तार गरेका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई बिनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् “एनसेल माथि भएको भनिएको कारबाही प्रकरणको नाममा यो सामाजिक फासिवादी सरकारले देशैभरीबाट हाम्रो पार्टी, जनवर्गीय सङ्गठनका नेता-कार्यकर्ताहरुलाई भटाभट गिरफ्तार गरेर सार्वजनिक अपराध जस्ता उनीहरुकै कानून र संविधान विपरित मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिइरहेको छ । यो सरकारका यस्ता दमनकारी क्रियाकलापको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै सबै नेता-कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।

यो राज्यले हाम्रो देश र जनतालाई कङ्गाल बनाउने भ्रष्टाचारी, घुसखोरीमाथि कारबाही गर्नुको साँटो उनीहरुको संरक्षण गरिरहेको अवस्थामा भएका कारबाहीलाई सही ठहराउनुको सट्टा झनै दमनको भाषा बोलेर उ आफूपनि झन भ्रष्ट, घुसखोरी र कालाबजारी भएको प्रमाण दिइरहेको सन्दर्भमा यसरी गिरफ्तार गर्नु ले राज्य आफै कमिसनको केन्द्र हाे भन्ने प्रमाणित हुन्छ।
उक्त आन्दोलनबाट निस्कने परिणामको जिम्मेवार स्वयं यो सत्ता हुनेपनि भनिएको छ।

यस्तो छ बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार