logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्री वर्षमान पुन अचेत अवस्थामा नर्भिकमा भर्ना यस्तो छ स्थिति


  • राजनीति
  • बिहिबार, फाल्गुन १६ २०७५

नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । एक्कासी अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले मन्त्री पुनलाई अस्पतालको सीसीयुमा राखेर उपचार गरिदै गरेको जानकारी दिएकाछन ।

मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको पनि बताइएको छ।

उनको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् ।

यस्तै सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार