चर्चित तथा बरिष्ठ नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिले मुलुकमा अराजकता तथा कुशासन बढेको दाबी गरेका छन् । शुक्रबार राजधानीमा जनअधिकार अभियान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. दिक्षितले सो कुरा बताएका हुन् । उनले अन्तरक्रिया कार्यक्रममा बोल्दै भने, नेपालमा भ्रष्चार, अत्याचार र कुशासन बढेको छ, यसको मुख्य कारक तत्व नै संसदीय व्यवस्था हो ।
त्यसकारण नेपाली जनताले त्यसलाई उखेलेर राष्ट्रपतीय शासन ब्यवस्थाको लागि फेरि एकपटक सडक तताउनु पर्ने बताएका छन् । दीक्षितले भने, अब यो सत्ताको विकल्पमा विप्लव नेतृत्वको नेकपाले विद्रोह गरेकोमा खुशी लागेको छ, तर पनि जनतालाई प्रत्यक्ष क्षति हुने कार्यले भने निराश बनाएको बताए । सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, वरिष्ठ पत्रकार नरेन्दजंग पिटर, प्रा. डा. सुरेन्द्र केसीलगायतले मानव अधिकारको बिषयमा आफ्ना विचारहरु राखेका थिए ।