राजनीति
बुधबार (१५ फागुन) मा प्रदेश–१ प्रहरीले धरानबाट एक अत्याधुनिक हतियार बरामद ग¥यो, जुन हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँगमात्र रहेको छ।प्रदेश– प्रहरीको विशेष टोलीले बरामद गरेको त्यो हतियार हो, एम–१६ राइफल। झण्डै १ लाखको संख्यामा रहेको नेपाली सेनासँग यो अमेरिकी राइफल लगभग १५ हजार थानमात्र छन्।
धरान उपमहानगरपालिका–६ पानबारी चोक्टीबाट २ थान स्वचालित आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका देवकुमार लिम्बू ‘संगीत’ (४२ बर्ष) पक्राउ परे।पानबारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे ५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा ती हतियार फेला परेका हुन्।
विशेष सूचनाको आधारमा त्यततर्फ खटिएको प्रहरी टोलीलाई देख्नासाथ लिम्बू सवार मोटरसाईकल रोक्न खोजेको थियो, तर नरोकी भागेपछि प्रहरीले पिछा गर्दै जाँदा लिम्बूलाई ती हतियारसहित प्रहरीले पक्राउ ग¥यो।धरानमा एम–१६ र एलएमजीसहित पक्राउ परेका बिप्लब समूहका लिम्बू
लिम्बुले चामलको बोराभित्र राखिएको प्लाइको बाकसमा कपडाले बेरेर सो हतियार लुकाएका थिए। नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोशी ब्युरो सदस्य हुन्।
बरामद हतियार कति महत्वपूर्ण?
सेनाले प्रयोग गर्ने अमेरिकी एम–१६ ‘ए–टु भर्सन’ अमेरिकी राइफलसहित सो बाकसभित्र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन पनि थियो।
लिम्बू सवार मोटरसाइकलमा त्यसैगरी बोराले बेरेर अर्काे बाकस पनि थियो, जसमा एक थान एलएमजी (लाइट मेशिन गन) र त्यसमा प्रयोग हुने २ थान म्याग्जिनपनि थिए।एलएमजीको साथमा सो हतियार ‘माउण्ट’ गरेर प्रयोग गर्न मिल्ने एउटा ‘बाइ पोड’ पनि थियो। ‘बाइ पोड’ लाई एलएमजीमा फिट गरेपछि सुतेरपनि प्रयोग फायर गर्न मिल्छ।
सिपाहीहरुले प्रयोग गर्नेमध्ये अमेरिकी एम–१६ राइफल उत्कृष्ठ ‘पर्सनल विपन’ को रुपमा चिनिन्छ। तर, लडाईंमा चाहिँ एम–१६ भन्दा ‘एलएमजी’ लाई अझ महत्वपूर्ण मानिन्छ।किनभने, एलएमजी ‘पर्सनल विपन’ नभई ‘युनिट विपन’ हो। अर्थात्, एम–१६ एउटा राइफल भएकाले फौजका प्रत्येक सिपाहीसँग हुनसक्छ।
एलएमजी चाहिँ मेसिनगन कुनै सैनिक इकाइसँग निश्चित संख्यामा मात्र हुन्छ। सैनिक मान्यता अनुसार एम–१६ एकले अर्काेलाई ताकेर हान्ने राइफल हो भने एलएमजी चाहिँ अर्काे समूहलाई ताकेर प्रहार गरिने हतियार हो।
सानो सैनिक इकाइलाई मध्यनजर गर्दै हतियार कम्पनीले तीन ‘क्याटगोरी’ का हतियार बनाएका हुन्छन्। एक, सिपाहीको ‘पर्सनल विपन’ का रुपमा राइफल, दुई, हलुका तर छोटो दुरीमा प्रहार गर्न मिल्ने मेसिनगन (एसएमजी) र तीन, हलुका तर अलिक टाढासम्म प्रहार गर्न सकिने अलिक उन्नतस्तरको मेसिनगन (एलएमजी)।
बिप्लब समूहका लिम्बुबाट बरामद भएको एम–१६ पहिलो क्याटगोरीको अमेरिकी राइफल हो भने भारतमा निर्मित एलएमजी एसएलआर राइफलको तेस्रो ‘क्याटगोरी’ को हतियार हो।
सामान्यतया १३ जना सैनिक मिलेर बन्ने एउटा सैनिक सेक्सनमा अक्सर एउटा एलएमजी हुने गर्छ। बाँकी चाहिँ राइफल, एसएमजी र एलएमजी हुन्छन्।